मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवद्र्धनार्थ हङ्कङमा पैदलयात्रा

सोमबार, १० साउन २०७३, १८ : ५३
सोमबार, १० साउन २०७३

काठमाडौँ– नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हङकङमा आइतबार हाइकिङ लामो दूरीको पैदलयात्रा आयोजना गरिएको छ ।

‘हाइक फर नेपाल’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा ‘एसियाको विश्व परिचित सहर’को करिब १३ किमी यात्रा गरिएको थियो । ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ भन्ने नारा दिइएको पैदलयात्रा हङकङ अब्जर्भेसन ह्विलबाट बिहान करिब ८ः३० मा सुरु भएको यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क लगायत सहरका मुख्य सडक, गोरेटो बाटो र अग्ला पहाडलाई छिचोल्दै समुद्री किनार रिपल्स बे पुगी टुङ्गिएको थियो ।

पैदल यात्रामा हङकङमा बसोबास गर्ने नेपाली, स्थानीय चिनियाँ र विदेशी गरी करिब ३०० जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन हङकङका लागि नेपाल महावाणिज्यदूत कमलप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रमको आकर्षणका रुपमा १० पटक सगरमाथा आरोहण गर्नुभएका कीर्तिमानी आरोही फुर्बातेन्जिङ शेर्पा र १२ विधा गिनिज बुक अफ वल्र्ड रेकर्डस बनाएका थानेश्वर गुरागाईं रहेका थिए ।

गुरागाईंले सोही समारोहमा १३औँ कीर्तिमान थप्ने क्रममा कुहिनोमा ६.६२ सेकेन्ड बास्केट बल नचाएका थिए । अठ्ठाइस वर्षीय फुर्वाले १७ देखि २४ वर्षको उमेरभित्र नौ पटक सगरमाथाको शिखर चुमेर विश्वकीर्तिमान बनाएका छन् । तीन दिनमै दुई पटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उनकै नाममा छ । पदयात्रामा स्थानीय चिनियाँ सगरमाथा आरोही जोन च्याङ समेत उपस्थित थिए ।

‘हामी उठ्नेछौं’ अभियान अन्र्तगतकै पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम स्थानीय मितेरी सेवा समिति पोखरा हङकङले आयोजना गरेको समितिका अध्यक्ष तुलसी गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप