सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डिडिसीले बेच्ने दूधमा ठगी हुने गरेको पाइयो

सोमबार, १० साउन २०७३, २३ : ३०
सोमबार, १० साउन २०७३
काठमाडौँ – दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो । क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि दुग्ध विकास संस्थान (डिडिसी)लाई पत्राचार गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप