मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सतहमा आएको टान विवाद समाधान गर्ने ‘फेस टु फेस’ प्रतिबद्धता

मङ्गलबार, ११ साउन २०७३, ०९ : १९
मङ्गलबार, ११ साउन २०७३

काठमाडौं – पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापीत टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)मा सतहमा देखिएको विवाद समाधानका लागि सबै पक्षले ‘फेस टु फेस’ प्रतिबद्धता जनाएका छन् । वर्तमान कार्यसमिति अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, निवर्तमान कार्यसमिति, टानका पूर्व अध्यक्षहरु र ट्रेकिङ व्यवसायीहरुले संचारकर्मीहरुको सामु टान विवादलाई घर(टान)मै बसेर समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा सहभागीहरुले टानका आन्तरिक समस्यालाई सञ्चारमाध्यममा ल्याएर नाङ्गो बनाउनु भन्दा आफैं–आफैं बीच चित्त नबुझेका विषयलाई गहन छलफल गरि पर्वतीय तथा पदयात्रा क्षेत्रको विकास र प्रवद्र्धनमा एक हुने उद्घोष गरेका हुन् ।

टानका अध्यक्ष चन्द्र रिजालले वर्तमान कार्यसमितिले व्यवसायीको हित हुने कार्यक्रमहरु अगाडि बढाउन खोजे पनि कार्यसमिति दुई खेमामा विभाजित हुँदा झन् समस्या निम्तिएको स्विकार गरे । उनले भने, ‘कार्यसमितिमार्फत बहुमतले पारित गरेका कार्यक्रममा समेत फरक मत राखि कोषाध्यक्षले बजेट निकासालाई सहज नबनाईदिँदा कार्यक्रमहरु बीचैमा अलपत्र परेका छन् । कोषाध्यक्षले बिधिसम्मत भुक्तानी गर्नुपर्ने विषयहरुका चेकमा हस्ताक्षेर नगर्दा र हरेक कार्यक्रमहरुमा प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गरिदिँदा टानले सोचेअनुरुप गति लिन सकेको छैन ।’

यीनै कारण कोषाध्यक्ष दाहाललाई स्पष्टीकरण सोध्न कार्यसमिति बाध्य भएको उनको भनाई थियो । कानुन, नियम र बिधीअन्तर्गत टानका क्रियाकलापहरुलाई अगाडि बढाइने र कानुनी बाटोमा हिँड्न उनले कार्यसमितिका सबैलाई आग्रह गरे ।

कार्यक्रममा टानका कोषाध्यक्ष लिलाबल्लभ दाहाले भने, ‘कार्यसमितिमा आफूलाई एक्लो पारी बाघले बाच्छोलाई लखेटेको झैं गरि लेखेटेको भन्दै आफूले पनि बाच्छोको सिंग चलाएको जवाफ दिएका थिए । उनले टानलाई गलत बाटोमा जान नदिन र अनावश्यक चन्दा दिनबाट रोक्ने उद्देश्यका साथ सबै चेकमा हस्ताक्षर नगरिएको स्पष्ट पारे ।’ ‘चेकमा हस्ताक्षेर नै नगरेको भए अहिलेसम्म टान कसरी चल्यो ?’ उनले भने । संस्थामा बिधिसम्मत काम गरिरहेको र आगामि दिनमा पनि बिधिसम्मत बाटोमा हिँड्न आफु तत्पर रहेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप