बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इनार सफा गर्ने क्रममा तीनको मृत्यु

बिहीबार, १३ साउन २०७३, २१ : २७
बिहीबार, १३ साउन २०७३

काठमाडौँ,- बूढानीलकण्ठ नगरपालिका–१९ कपन पैयुँटारमा इनार सफा गर्ने क्रममा आज तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनार सफा गर्न गएका २४ वर्षीय ईश्वर खड्का र उनकै भाइ २० वर्षीय किशोर तथा १८ वर्षीय विशाल बस्नेत रहेको प्रहरीले जनाएको छ । आफ्नै घरको ४५ फिट गहिरो इनार सफा गर्न गएका ईश्वर नफर्केपछि उनलाई बचाउन गएका किशोर र विशालको मृत्यु भएको हो । इनारभित्र फसेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएकामा उनीहरुको बाटैमा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप