बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बाँध विषयमा नेपाली र भारतीयबीच झडप

बिहीबार, १३ साउन २०७३, २१ : ४१
बिहीबार, १३ साउन २०७३

राजविराज (सप्तरी)- जिल्लाको दक्षिणी भेगमा पर्ने नेपाल भारत सीमा दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी निर्माण गर्न लागेको बाँध स्थानीयवासीले भत्काएपछि दुवै पक्षबीच आज दिनभर झडप भएको छ ।

करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्मित बाँध बाढीले भत्काएको र सो बाँध भारतीय पक्षले आज बिहानैदेखि पुनःनिर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच पटक पटक झडप भएको हो । सो ठाउँको अवस्था अहिले तनावग्रस्त रहेको बुझिएको छ । यसैबीच घटनास्थलमा सप्तरीका प्रजिअ बलदेव गौतम र सुरक्षा प्रमुखहरुको टोली त्यहाँ पुगेको प्रहरीले जनाएको छ । दुवैतर्फका सुरक्षाकर्मीबाट झडप नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ गौतमले बताउनुभयो । बाँध निर्माणबाट प्रत्येक वर्ष नेपाली भूभाग रम्पुरा, मल्हनिया, तिलाठी, सकरपुरा लगायत आधा दर्जन गाविस वर्षामा डुबान हुने गरेको स्थानीयवासीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप