बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अब बन्ने सरकारले सुझबुझका साथ संविधान कार्यान्वयन गरोस्ःप्रमओली

बिहीबार, १३ साउन २०७३, २२ : १७
बिहीबार, १३ साउन २०७३
काठमाडौँ-  अन्तर्राष्ट्रिय शान्ति सम्मेलन यहाँ सुरु भएको छ । युनिभर्सल पिस फेडरेसन संसदीय शान्ति परिषद्को आयोजनामा सुरु भएको तीनदिने सम्मेलनमा २९ देशका १८५ सांसद, सोलोमन आइल्यान्डका पूर्वराष्ट्रपति मार्सल आइसमान्ड, किरिबाटिका पूर्वराष्ट्रपति एनोट टोङ तथा फिजी र श्रीलङ्काका मन्त्री गरी २०० प्रतिनिधिको सहभागिता छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्यपछि स्थिरता र शान्ति सम्भव हुने बताए । “प्रमुख दलको सहमतिमा संविधान जारी गर्न सफल भयौँ, संविधान जारी भएपछि बनेको सरकारले कार्यान्वयनको प्रयास गरेको छ, अब बन्ने सरकारले सुझबुझका साथ संविधान कार्यान्वयन गरोस्”– उनले भने । अब बन्ने सरकारको गतिविधि हेरेर समर्थन वा विरोध गरिने नेकपा ९एमाले०का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले बताए । एमाले नेता माधवकुमार नेपालले दलहरुबीच भएको सहमति कार्यान्वयन नगर्दा राजनीतिमा धोका पाइने बताए । आयोजक संस्थाका अध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले नेपालमा शान्तिलाई स्थायित्व दिन समसामयिक विषयमा साझा बहस गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए । शनिबारसम्म चल्ने सम्मेलनमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १७ दलका ६८ सांसदको सहभागिता छ । सम्मेलनमा विश्वले अहिले भोग्नुपरेका समसामयिक समस्याका बारेमा छलफल हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप