बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा वैदेशिक रोजगार ठगीका २७ उजुरी

शुक्रबार, १४ साउन २०७३, ०९ : ५२
शुक्रबार, १४ साउन २०७३

पोखरा-मानव अधिकारका लागि जनमञ्च ९पिपुल फोरम० द्वारा वैदेशिक रोजगारपीडितका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्न पोखरामा स्थापित शाखा कार्यालयमा दुई महिनामा ठगीका २७ वटा उजुरी दर्ता भएका छन् ।

वैदेशिक रोजगारका नाममा धेरै व्यक्ति गठीमा पर्ने गरेको भन्दै पोखरा र आसपासका क्षेत्रका पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने उद्देश्यले गत जेठ २ गतेबाट पोखरा–७ राष्ट्रबैंक चोकमा कार्यालय सञ्चालन गरिएको थियो ।

कार्यालयका कानुन अधिकृत अधिवक्ता दिपेन्द्र अर्यालका अनुसार वैदेशिक रोजगारपीडित मध्ये अधिकांश आफन्तबाटै ठगिएको पाइएको छ । हालसम्म कार्यालयमा वैदेशिक रोजगारका नाममा रु २० देखि १५ लाखसम्म ठगिएका उजुरी परेको उनले बताए । पीडितले प्रस्तुत गर्ने प्रमाणका आधारमा उसको उजुरीलाई दर्ता गरी मानवअधिकारका लागि जनमञ्चको केन्द्रीय कार्यालय काठमाडौँमार्फत बैदेशिक रोजगार विभागमा पठाउने गरिएको उनले बताए ।

कार्यालय सञ्चालनमा आएसँगै कास्की, स्याङ्जा, तनहँु, गोरखा, बागलुङलगायत जिल्लामा वैदेशिक रोजगार ठगी न्यूनीकरणका लागि सरोकारवालाबीच अभिमुखीकरण गरिएको उनले बताए ।

कार्यालयले कास्कीका ढिकुरकोखरी, अर्मला, भदौरे तामागी, मौजा, कृष्तिनाच्ने चौर, माछापुच्छ«े, थुमाको डाँडा, घान्दु्रक, पार्चे र निर्मल पोखरीमा वैदेशिक रोजगार सम्बन्धमा कानुनी सचेतना कार्यक्रम पनि सञ्चालन गर्न लागिएको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप