बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ओबामादेखि किम जोंगसम्मः थाहा पाउनुस् संसारका चर्चित नेता कस्ता फोन बोक्छन् ?

शुक्रबार, १४ साउन २०७३, ११ : २५
शुक्रबार, १४ साउन २०७३
राम्रो स्मार्टफोनको सौख कसलाई नहोला ? तर जब संसारभरका ठूला नेताको कुरा आउँछ तब उनीहरुको सौखलाई पनि नकार्न मिल्दैन । एउटा सिंगै देश हाँक्ने प्रधानमन्त्री वा राष्ट्रपतीले कस्ता फोन चलाउँछन् भन्ने कुरा सबैको चासोको विषय हो । आज हामी तपाईंलाई यसैबारे जानकारी दिँदैछौं । नरेन्द्र मोदीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धेरैजसो आफ्नो स्मार्टफोनले सेल्फी लिइरहेको देख्न सकिन्छ । उनी आइफोन फाइभ चलाउँछन् । नवाज सरिफः पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ ब्ल्याकबेरीको फोन प्रयोग गर्दछन् । किम जोंग उत्तर कोरियाका तानाशाह किम जोंगको हरेक कुरा रहस्यमयी हुन्छन् । तर यदि उनले प्रयोग गर्ने फोनको कुरा गर्ने हो भने उनी एचटीसी बटरफ्लाईको प्रयोग गर्दछन्। बराक ओबामा संसारका सबैभन्दा शक्तिशाली देशका राष्ट्रपति बराक ओबामा ब्ल्याकबेरी फोनको प्रयोग गर्दछन् । सुरक्षाका दृष्टिकोणले उनलाई यो फोनबाट मेसेज पठाउने अधिकार छैन । भ्लादिमिर पुटिनः रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एमटीएस ग्लोनेस ९४५ फोनको प्रयोग गर्दछन् । यद्यपी, सुरक्षाका कारण उनी आफ्नो फोनको प्रयोग धेरै गर्न सक्दैनन् । डेभीड क्यामरुनः ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरुनलाई मनपर्ने फोन ब्ल्याकबेरी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप