बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जियोनीले लञ्च गर्यो ३३ दिनसम्म ब्याट्रि ब्याकअप दिने स्मार्टफोन

शुक्रबार, १४ साउन २०७३, १२ : ०६
शुक्रबार, १४ साउन २०७३
चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले दुई स्मार्टफोन एम सिक्स र एम सिक्स प्लस लञ्च गरेको छ । यो दुबै स्मार्टफोनको चिपमा डेटा एन्क्रिप्शन लगाइएको छ जसका कारण यसका प्रयोगकर्ताले अरु स्मार्टफोनभन्दा बढी सेक्युरिटी र प्राइभेसी पाउनेछन् । यी स्मार्टफोन श्याम्पेन गोल्ड र मोचा गोल्ड कलरमा उपलब्ध गरिएको छ । शक्तिशाली ब्याट्री सबैभन्दा विशेषः जियोनी एमसिक्स प्लसको विशेषता यसमा दिइएको ब्याट्री हो जुन ६०२० एमएएच पावर रहेको छ । यसमा ६ इन्चको फुल एचडी डिस्प्ले स्क्रिन दिइएको छ । यद्यपी यसको अन्य विशेषता जियोनी एमसिक्स सरह छ । जियोनी एमसिक्सका विशेषताहरुः यसमा ५.५ इन्चको फुल एचडी डिस्प्ले स्क्रिन, ६४ बिट मीडियाटेक हेलिओ पी१० अक्टाकोर प्रोसेसर र ४ जीबीको र्याम दिइएको छ । यसको इन्टरनल मेमोरी ६४ जीबीसम्मको हो जसलाई माइक्रो एसडी कार्डमार्फत बढाएर १२८ जीबीसम्म बनाउन सकिन्छ । यसका साथै यसमा फोटोग्राफीका लागि फेस डिटेक्सन अटोफोकस र एलइडी फ्ल्याससँग १३ मेगापिक्सेल रियर र ८ मेगापिक्सेल सेल्फी क्यामरा दिइएको छ । यसको ब्याट्रि ५ हजार एमएएचको रहेको छ । कम्पनीका दाबी अनुसार यसमा ६.४ घण्टासम्म लगातार भिडियो चलाउन सकिन्छ । स्ट्याण्डबाईमा यसले ३३ दिनको ब्याट्रि ब्याकअप दिनेछ । यसमा फिंगरप्रिन्ट स्क्यानर दिइएको छ र कनेक्टिभिटीका लागि ४जी एलटीसहित वाइफाइ, जीपीआरएस, ब्लूटूथ र माइक्रो यूएसबी पोर्टजस्ता विशेषताहरु दिइएको छ । मूल्य र किसिमः जियोनी एमसिक्सको ६४ जीबी इन्टरनल स्टोरेजको मूल्य २६९९ युआन (४३,५३१ रुपैयाँ) राखिएको छ । जबकी एमसिक्स प्लसको ६४ जीबीको मूल्य ३१९९ युआन (५१,५९५ रुपैयाँ) तय गरिएको छ । यद्यपी, कम्पनीले यी दुई फोनलाई चीनमा मात्र लञ्च गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप