बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आखिर किन ऐश्वर्यासँग रिसाएको छ बच्चन परिवार ?

शुक्रबार, १४ साउन २०७३, १३ : ४८
शुक्रबार, १४ साउन २०७३
आजकाल बच्चन परिवारमा ऐश्वर्या रायका कारण खटपट परेको छ । ऐश्वर्या एक प्रतिष्ठित परिवारको बुहारी हुन् तर उनले यस्तो गरिन् जसका कारण उनका सासू–ससुरा र श्रीमान् रिसाएका छन् । रिपोर्टलाई मान्ने हो भने बुहारी ऐश्वर्यासँग बच्चन परिवार रिसाउनुको कारण उनको आउँदो फिल्म ‘ए दिले मुश्किल’ हो । खबरलाई मान्ने हो भने यो फिल्ममा ऐश्वर्याले रणबीर कपूरसँग केही हट सिन सूट गरेकी छिन् । जब यो खबर बच्चन परिवारमा पुग्यो तब ऐश्वर्यासँग उनीहरु रिसाए र उनी एक राम्रो परिवारको बुहारी भएका कारण पर्दामा यस्ता सिनहरु गर्न शोभा नदिने भन्दै बच्चन परिवार ऐश्वर्यासँग रुष्ट भएको छ । परिवार रुष्ट भएपछि ऐश्वर्याले फिल्मका निर्देशक करन जोहरलाई फिल्मबाट उक्त सिन हटाउनका लागि आग्रह गरिन् । सुरुमा करनले ऐश्वर्याको आग्रहलाई अस्विकार गरे तर पछि अमिताभले उक्त सिन हटाउनु पर्छ भनेपछि करन यसका लागि तत्काल राजी भए । स्मरण रहोस्, धूम २ मा पनि ऐश्वर्याले ऋतिक रोसनसँग स्टिमी लिपलक गरेकी थिइन् जसमा अमिताभ र जयाले आपत्ति जनाएका थिए । करन जोहरद्वारा निर्देशित फिल्म ए दिले मुश्किलमा रणबीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्माको मुख्य भूमिका रहेको छ । फिल्म तिहारमा रिलिज हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप