बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पत्याउनु हुन्छ ? साङ्लाको दुधले तपाईंको शरिरलाई बनाउनेछ शक्तिशाली !

शुक्रबार, १४ साउन २०७३, १४ : २०
शुक्रबार, १४ साउन २०७३
लण्डन । घरभित्र साङ्ला निकै सजिलै पाइन्छन् । यो शरिरका लागि हानिकारक मानिने भएकाले  यसलाई हटाउन विभिन्न तरिका अपनाइन्छ तर अपनाइएका सबै उपाय सफल हुँदैनन् । हामी जुन किरालाई आफ्नो घरबाट हटाउन निकै प्रयास गर्छौं त्यही जीव हाम्रो शरिरको लागि निकै फाइदाजनक छ भन्दा तपाईंलाई अचम्म लाग्ला । भारतको इन्सटिच्युट अफ स्टेम सेल बायोलोजी एण्ड रिजेनेरेटिभ मेडिसिन्सको एक अनुसन्धानले साङ्लाको दूध भविष्यको सुपर फुड हुनसक्ने बताएको छ । वैज्ञानिकको भनाई अनुसार प्यासेफिक बीटली ककरोचको दूध मानिसहरुका लागि प्रोटिन सप्लिमेन्टको राम्रो स्रोत हुनसक्ने बताएको छ । अनुसन्धानका अनुसार प्यासेफिक बीटली ककरोचले अण्डा नपारी सिधै बच्चालाई जन्म दिन्छ जबकी अन्य साङ्लाले अण्डा दिन्छ । यो साङ्लो ल्याक्टेटिंग प्रोटिनले भरपूर लिक्विड क्रिस्टल्स दिन्छ । यसमा फ्याट, शुगर र अमिनो एसिड्स हुन्छ । भारतका साथै फ्रान्स, जापान, क्यानडा र नेशनल इन्स्टिच्युट अफ हेल्थ इन अमेरिकाका वैज्ञानिकका समूहले साङ्लाको दुधमा पाइने सघन पदार्थमा जति ऊर्जा छ त्यति नै ऊर्जा गाइको दुधमा हुने बताएको छ । यसका साथै यसमा उच्च मात्रामा क्यालोरी पनि पाइन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप