मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित छेस्काम–मेरापिक पदमार्ग सुरक्षित

शुक्रबार, १४ साउन २०७३, १५ : २०
शुक्रबार, १४ साउन २०७३

सोलुखुम्बु - पर्यटकीय विकासमा महत्वपूर्ण मानिएको छेस्काम–खोङ्मादिङ–मेरापिक पदमार्ग निर्माण सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको रु २० लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको हो । मुद्धिखोलादेखि वेइखो, माङ्गन, वेइखोहुँदै लारडाँडासम्म पदमार्ग सुधार तथा लारडाँडादेखि सग्गोल खोलाहुँदै लुक्तुम्मासम्म नयाँ पदमार्ग निर्माण गरिएको हो ।

“जिल्लाको तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आधार निर्माण भएको छ,” उपभोक्ता समितिका अध्यक्ष सोभितमान कुलुङले भने । पदमार्ग निर्माणमा द ग्रेट हिमायन ट्रेल, छेस्काम गाविसलगायतले सहयोग गरेका छन् ।

पर्यटकले हाल सप्तकोसीको मुहान सेतीपोखरी भञ्ज्याङ पुग्न यात्रुले पाँच हजार ८१७ मिटर उचाइमा पर्ने लुक्ला–नाम्चे–टेङ्बोचे–मिङ्बोला पास, पाँच हजार ८०० मिटरमा पर्ने लुक्ला–नाम्चे–छुकुङ–आम्फुलाम्चा पास, छ हजार १३५ मिटरमा पर्ने तुम्लिङ्टार–मकालु आधारशिविर–शेर्पेनीकोल पास, करिब तीन हजार ९०० मिटर उचाइमा पर्ने तुम्लिङ्टार–ताम्कु–केन्पा–गौवित्ता मार्ग प्रयोग गर्दै आएका छन् । हिमपात भएको अवस्थामा उक्त भञ्ज्याङ पास गर्न नसक्दा विदेशी पर्यटकलाई हेलिकप्टरद्वारा उद्धार गर्नुपर्ने हुन्छ ।

फाप्लु–सेतीपोखरी पर्यटन पदमार्गको विकास तथा प्रचारप्रसार गर्न सके तल्लो सोलुको समेत पर्यटनको विकास हुनुका साथै त्यस क्षेत्रको आर्थिक विकासको ढोका खुल्छ । यसबाहेक सेतीपोखरी भञ्ज्याङबाट हिमाल पार गर्न नसक्नेहरुले यस मार्ग भएर फर्कंदा हिमाल पार गर्नु नपर्ने भएकाले सो पदमार्गलाई सुरक्षित मानिएको बताइएको छ । यस मार्गलाई सांस्कृतिक तथा पर्वतारोहण पर्यटन पदमार्गका रुपमा समेत चिनाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप