बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इतिहासका त्यस्ता उत्कृष्ट तस्बिर सायद तपाईंले देख्नुभएको छैन

शुक्रबार, १४ साउन २०७३, १५ : ५५
शुक्रबार, १४ साउन २०७३
जतिबेला तपाईं इतिहास पढ्नुहुन्छ त्यतिबेला तपाईंले सुख्खा तथ्यको आधारमा आफ्नो कल्पना शक्तिलाई त्यतातर्फ केन्द्रित गर्नुहुन्छ । तर फोटोले तपाईंलाई केही भिन्न संसारमा लैजान्छ । यसले तपाईंलाई वास्तविक चित्र प्रदान गर्दछ । अझ भनौं यसले नजिकबाट इतिहासलाई नियाल्ने मौका प्रदान गर्दछ । चाहे इतिहासका केही घटना होस् वा चर्चित मानिस वा कुनै पनि पुराना तस्बिरहरु – यी सबैमा आफ्नै कथा लुकेको हुन्छ र हामी तपाईंलाई त्यही देखाउँदैछौं । १. निकोला टेस्ला आफ्नो ‘म्याग्निफाइङ्ग ट्रान्समिटर’ भएको प्रयोगशालामा बस्दै २. दोरोथी काउन्ट्सः अमेरिकाको श्वेत स्कूलमा पढ्ने पहिलो अश्वेत महिला । यो तस्बिरमा उनलाई आफ्ना सबै गोरा पुरुष साथीहरुले जिस्काइरहेका छन् । तस्बिर सन् १९५७ मा चार्लोटेज ह्यारी हार्डिङ स्कूलमा खिचिएको हो । ३. दोस्रो विश्वयुद्ध बेला एक अष्ट्रियन बालकले नयाँ जुत्ता पाउँदा खुसी भएको दृश्य ४. दौड प्रतियोगिता आयोजना गर्ने समूहले क्याथरिन स्विच्जरलाई ‘द बस्टन म्याराथन’ प्रतियोगितामा भाग लिनबाट रोक लगाउँदै । उनी सन् १९६७ को दौड प्रतियोगिता सम्पन्न गर्ने पहिलो महिला भइन् । ५. सन् १९४५ मा डेथ ट्रेनबाट यहूदी कैदीलाई रिहा गरिदाँको तस्बिर ६. सन् १९७४ मा ह्यारोल्ड ह्विसल्सले पहिलो पटक आवाज सुन्दा ७. क्याथोलिक महिला र उनका प्रोटेस्टेन्ट श्रीमानको होल्यान्डस्थित चिहान, सन् १८८८ ८. एकल व्यक्ति जसले नाजी स्यालुट गर्न अस्विकार गरे, सन् १९३६ ९. सन् १९३० तिर काम खोज्ने तरिका १०. सन् १९६७ मा स्विडेनले बाँया साइड ड्राइभिङलाई बायाँ साइडमा परिवर्तन गरेको पहिलो बिहानी । ११. जर्मन सैनिकले सन् १९४५ मा यातना शिविरमा देखाइएको फुटेजमा प्रतिक्रिया जनाउँदै १२. पश्चिम बर्लिनमा बस्ने जोडीले पूर्वमा बस्ने हजुरबुवा–आमालाई आफ्नो सन्तान देखाउँदै, सन् १९६१ १३. एम्पायर स्टेट बिल्डिङको सबैभन्दा माथिल्लो फ्लोरमा सन् १९३४ मा एक्रोब्याट कला देखाउँदै १४. अण्डरकभर पुलिस अफिसरले फ्लोरिडामा पक्राउ गरेपछि एक डान्सरले आफ्नो अण्डरवेयर निकै लामो भएका कारण आफूलाई एक्सपोज गर्न नसक्ने बताउँदै प्रदर्शन गर्दाको दृश्य १५. माफिया बोस जोई म्यासेरिया ब्रुकलिन रेष्टुरेन्टको फ्लोरमा हातमा सुरोथको एक्का बोकेको अवस्थामा मृत फेला, सन् १९३१ १६. पेरिसस्थित ले मोनोकलमा एक लेस्बियन जोडी, सन् १९३२ १७. पेरिसमा स्ट्याचु अफ लिबर्टी निर्माण हुँदै गर्दाको तस्बिर, सन् १८८४ १८. ७ फुट बोलाजी बाडेजो, एक नाइजेरियाका डिजाइन विद्यार्थी र एक पटकका नायकले आफूले डिजाइन गरेको लुगा लगाउँदै, सन् १९७८ १९. अन्तरिक्षबाट खसेका भ्लादिमिर कोम्यारोभको डढेको शव, सन् १९६७ १९. एक जर्मन बालिकाले दोस्रो विश्व युद्धका सैनिकलाई पहिलो पटक भेट्दा । उनी १ वर्षको हुँदादेखी आफ्नो बुवालाई देख्न पाएकी थिइनन् । सन् १९५६ २०. फ्रिडा कह्लो पुरुषको पहिरनमा, सन् १९२४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप