बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यसकारण केरा र तातो पानीले गर्नुहोस् आफ्नो दिनको सुरुवात

शुक्रबार, १४ साउन २०७३, १७ : ०९
शुक्रबार, १४ साउन २०७३
अविश्वसनीय लाभ पाउनका लागि मानिसहरु नास्तामा केरा खान मनपराउँछन् । बिहान नास्तामा केरा खाँदा शरिरमा ऊर्जा बढ्दछ भने सूकरोज, फ्रक्टोज र ग्लूकोजजस्ता पोषक तत्व पनि यसमा पाइन्छ । यो पहेंलो फलमा हल्का हरियो रंगको स्पर्श छ भने यसमा स्टार्च र स्वास्थ कार्बोहाइड्रेटको सबैभन्दा राम्रो स्रोत हुन्छ । बिहान नास्तामा केरा खाँदा तपाईंलाई दिन भरी भोक लागेको महसुस हुँदैन । केरासँगै तातो पानी पिउनुका फाइदा विश्वभरी मानिसहरुले अत्यधिक मात्रामा केराको प्रयोग गर्ने गर्छन् । यतिसम्म कि जापानका मानिसहरु यतिसम्म केरा खान्छन् कि त्यहाँ केराको कमी महसुस हुन थालिएको छ । तर के तपाईंलाई बिहान केरा खाएपछि एक कप तातो पानी पिउँदा के फाइदा हुन्छ भन्ने थाहा छ ? यसले तपाईंका तौल घट्नमा त सहयोग गर्नुका साथै तपाईंलाई सेपमा राख्न पनि मद्दत गर्छ । कसरी काम गर्छ यसले ? स्टार्च र स्वस्थ कार्बोहाइड्रेटले भरिपूर्ण यो डाइटले दिनभरी तपाईंको शरिरमा चढ्ने मोटोपनालाई कम गर्न तपाईंलाई सहयोग गर्दछ । केरामा पाइने स्टार्चमा ग्लाइसेमिक इन्डेक्स प्रचुर मात्रामा पाइन्छ । यसका साथै यसमा पाइने फाइबरले तपाईंलाई कब्जियतको समस्याबाट टाढा राख्दछ । केरासँग तातो पानी पिउँदा पाचन शक्ति बलियो हुन्छ । तातो पानी एक प्राकृतिक शक्तिवर्धक हो । यसले शरिरलाई हाइड्रेट गरेर अक्सिजनको स्तरलाई बढाउँछ । यसको सेवन पछि तपाईंलाई ताजा महसुससमेत हुन्छ । केरासँग तातो पानी पिउँदा तपाईंले अतिरिक्त क्यालोरी र अतिरिक्त सुगर बिना नै ऊर्जा र स्वस्थ जीवन पाउन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप