बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ऋषि कपुरले उडाए हिलारी क्लिन्टनको खिल्ली, फलोअर्सले उनको

शुक्रबार, १४ साउन २०७३, १७ : ५६
शुक्रबार, १४ साउन २०७३
जबदेखि ऋषि कपुरले ट्वीटर ज्वाइन गरे तबदेखि उनको ट्वीट चर्चाको विषय बनेको छ । ट्वीटरमा उनको १ मिलियनभन्दा बढि फलोअर्स छन् र फलोअर्सले उनको रमाइला ट्वीटलाई मन पनि पराउने गर्दछन् । यद्यपी ठट्टा र बेइज्जती बिच केही सिमा हुन्छ जसलाई ऋषि कपुरले नाधेका छन् । ऋषि कपुरले भर्खरै अमेरिकामा राष्ट्रपतिको उम्मेद्वार हिलारी क्लिन्टनमाथि एक रमाइलो ट्वीट गरेका छन् । यो ट्वीटमा उनले अभिषेक बच्चनले यसलाई सेयर गरेकोमा धन्यवाद पनि भनेका छन् । ट्वीटमा हिलारी क्लिन्टन खोक्दै गरेको एक तस्बिर पोष्ट गरेर उनले लेखेका छन्, ‘मोनिका के यो ठिक हो ।’   वास्तवमा ऋषिले ह्वाइट हाउसको इनटर्न मोनिका लेविन्स्कीलाई सम्बोधन गरेका हुन् । मोनिकाको हिलारी क्लिन्टनका श्रीमान र पूर्व राष्ट्रपति बिल क्लिन्टनसँग अफेयर चलिसकेको छ । यद्यपी, यस्तो लाग्छ कि ऋषि कपुरको यो जोक उनलाई नै भारी पर्यो । ट्वीटरमा मानिसहरुले ऋषिलाई महिला विरोधी, लैंगिकवादी र असंवेदनशील बताएका छन् ।   मानिसहरुको यस्तो प्रतिक्रिया पछि ऋषि कपुरले पुनः ट्वीट गरेका छन् जसमा उनले लेखेका छन्, ‘मानिसहरु किन यो प्लेटफर्ममा यति जजमेन्टल भइरहेका छन् ? यदि तपाईंलाई राम्रो लाग्दैन भने डिलिट गरिदिनुहोस्, जस्तै म गर्छु । कमेन्टको जवाफ दिनु मेरो अधिकार हो ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप