बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हिरो हिरोइनले फिल्ममा लगाएको कपडा अन्तमा कहाँ जान्छ ?

शनिबार, १५ साउन २०७३, १२ : ०६
शनिबार, १५ साउन २०७३
फिल्ममा हिरो हिरोइनको ड्रेसको भूमिका विशेष हुन्छ । धेरै मानिसहरुले याद गर्ने भएका कारण फिल्ममा लगाइने धेरैजसो पहिरनलाई डिजाइनरले डिजाइन गरेको हुन्छ । आजकालको फिल्ममा कस्ट्युमको लागि पनि राम्रै बजेट छुट्याइएको हुन्छ तर एकपटक यी कपडा हिरो, हिरोइनले लगाएपछि यो अन्तमा कहाँ जान्छ हामी त्यसबारे जानकारी दिँदै छौं । धेरैजसो फिल्ममा लगाइने पहिरनलाई लिलामीमा राखिन्छ, जसबाट आएको रकम च्यारिटीको काम आउँछ । फिल्म ‘देवदास’ मा माधुरीले लगाएको हरियो रंगको लेहेंगा ४ करोड ८० लाखमा बिक्रि भएको थियो । फिल्मी स्टार्सका प्रशंसक असंख्य हुन्छन् । उनीहरु आफ्नो मनपरेको हिरो–हिरोइनले प्रयोग गरेका सामानहरुलाई लाखौं करोडौैं रुपैयाँ तिर्न तयार हुन्छन् । सलमानका एक प्रशंसकले फिल्म ‘मुझसे सादी करोगी’ मा सलमानले एउटा गीतमा प्रयोग गरेका रुमाललाई डेढ लाखमा खरिद गरेका छन् । लिलामीका साथै फिल्ममा लगाइएका लुगा कोही स्टार्सलाई मनपर्ने भएका कारण उनीहरुले त्यो आफैंसँग लिएर जाने गर्दछन् । फिल्मनिर्माताहरुले आफ्नो खुसीले ती कपडा दिन्छन् तर एउटा सर्तमा । उनीहरुले त्यो कपडा लिएर जान त सक्छन् तर त्यसलाई लगाउन भने सक्दैनन् । कोही चर्चित डिजाइनरले फिल्मको सुटिङ सिद्धिएपछि त्यसलाई फिर्ता लिएर जाने गर्दछन् । मनिष मलहोत्रा र अन्जु मोदीजस्ता डिजाइनरले आफूले डिजाइन गरेको ड्रेस धेरैजसो फिल्मको सुटिङ सिद्धिएपछि फिर्ता लिने गर्दछन् । अझ अचम्मको कुरा त के छ भने,  धेरैजसो यी महँगा कपडालाई एउटा अँध्यारो कोठाको दराजमा राखेर त्यसमा फिल्मको नाम लेखेर प्रोडक्सन हाउसमा राखिन्छ । कतिपय फिल्ममा यी कपडालाई पुनःडिजाइन गरी नयाँ कम्बिनेसनका साथ जुनियर आर्टिस्टलाई लगाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप