बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक अर्काको मुखसमेत हेर्न नचाहने बलिउडका चर्चित हिरोइन

शनिबार, १५ साउन २०७३, १३ : ०३
शनिबार, १५ साउन २०७३
भनिन्छ, बलिउडमा कहिले पनि दुई ठूला हिरोइन साथी बन्न सक्दैनन् । साथी बन्नु त कहाँ हो कहाँ उनीहरु आफ्नो क्याट फाइटका कारण चर्चामा रहन्छन् । बलिउडका यस्ता थुप्रै अभिनेत्रीहरु छन् जो एक अर्काको मुखसमेत हेर्न चाहँदैनन् । ऐश्वर्या राय र रानी मुखर्जीः विश्व सुन्दरी बनिसकेकी बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय र रानी मुखर्जी एक अर्कासँग कुरा गर्न नरुचाउने बताइएको छ । स्रोतका अनुसार यसको पछाडि दुईवटा कारण रहेको बताइएको छ । पहिलो कारण उनीहरुको नीजि जीवनसँग सम्बन्धित छ । रानी ऐश्वर्याका श्रीमान् अभिषेक बच्चनकी पूर्व प्रेमिका हुन् । रानी र अभिषेकको इन्गेजमेन्टसमेत भइसकेको थियो तर दुबैको सम्बन्ध विवाह अघि नै टुट्यो। श्रीमानकी पूर्व प्रेमिका भएका कारण ऐश्वर्या रानीसँग बोल्न चाहन्नन् । । दोस्रो कारण भने उनीहरुको व्यवसायीक जीवनमा भएको खटपट हो । फिल्म ‘चल्ते चल्ते’ का लागि सबैभन्दा पहिले ऐश्वर्या रायलाई साइन गराइएको थियो तर सलमान खानसँग झगडा भएका कारण शाहरुख खानले ऐश्वर्यासँग फिल्म खेल्न अस्विकार गरिदिए । त्यसपछि फिल्ममा ऐश्वर्याको सट्टा रानीलाई लिइयो । त्यसपछि नै यी दुई कलाकारको अहिले पानी बाराबारको स्थिती छ । दीपिका पादुकोण, कट्रिना कैफः दीपिकाको झगडाका मुख्य कारण उनका प्रेमी रणबीर कपुर नै हुने गर्दथे । रणबीरसँग जब उनको सम्बन्ध टुट्यो तब रणबरि कट्रिनासँग नजिक भए । यही कारण दीपिका आफ्नो सम्बन्ध टुट्नुको पछाडि कट्रिनाको हात भएको ठान्छिन् र त उनी कट्रिनासँग कुरा गर्न पनि हिच्किचाउँछिन् । यति मात्र होइन, धेरैपटक दीपिकाले कट्रिना विरुद्ध बोलिसकेकी छिन् । करिना कपुर, अमिषा पटेलः करिना कपुरले आफ्नो करियरमा थुप्रै फिल्महरु रिजेक्ट गरेकी छिन् जसमध्ये थुप्रै फिल्महरु सुपरहिट भए । भनिन्छ, फिल्म ‘कहो ना प्यार हे’ को अफर करिना कपुरलाई दिइएको थियो तर करिनाले यो फिल्म रिजेक्ट गरिन् । जब फिल्म सुपरहिट भयो तब करिनाले अमिषा विरुद्ध थुप्रै नराम्रा कमेन्टहरु गरेकी थिइन् । प्रियंका चोपडा, करिना कपुरः प्रियंका चोपडा र करिना कपुर पनि एक अर्कासँग टाढा नै रहन्छन् । फिल्म ‘एतराज’ को क्रममा दुबैले एक अर्काको नराम्रो सँग खिंचातानी गरेका थिए । त्यसपछि करिनाका पूर्व प्रेमी शाहिद कपुरसँग प्रियंकाको अफेयर रहेको समाचार सार्वजनिक भयो । त्यसपछि थुप्रै मिडियाले करिना र प्रियंका बिच क्याट फाइट हुने गरेको अडकलबाजी गरे । कट्रिना कैफ, विपाशा बसुः कट्रिना कैफ र विपाशा बसुको क्याटफाइटको कारण जोन अब्राहमलाई मान्ने गरिन्छ । फिल्म ‘न्यूयोर्क’ को सुटिङको क्रममा कट्रिना र जोनबिच केही चलिरहेको छ भन्ने खबर आएको थियो । त्यतिबेला विपाशा जोनकी प्रेमिका थिइन् र उनले कसरी कट्रिनालाई सहन सक्थिन् । कंगना रनौत, प्रियंका चोपडाः कंगना रनौत र प्रियंका चोपडा बिच फिल्म ‘फेशन’ को क्रममा मनमुटाव भएको थियो । पछि उनीहरुले एक–अर्काविरिुद्ध बयानबाजी समेत गरे । खबरका अनुसार दुबैबिच अहिलेसम्म शीतयुद्ध चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप