बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानकी पहिलो पोर्न स्टारः मुख छोपेर बनाउँछिन् अश्लिल फिल्म

शनिबार, १५ साउन २०७३, १५ : ०६
शनिबार, १५ साउन २०७३
पोर्न उद्योगले संसारका हरेक देशमा आफ्नो जरा गाडेको छ । यो उद्योगमा लागेपछि अकुत सम्पत्ति कमाउने भएकाले विभिन्न देशका महिलाहरु यसमा आकर्षित छन् । भर्खरै पाकिस्तानकी एक्ली पोर्न स्टारको नाम सार्वजनिक भएसँगै पाकिस्तानमा बबाल मच्चिएको छ । अमेरिकामा पाकिस्तानी पोर्न स्टार नादिया अलिको एक अन्र्तवार्ता सार्वजनिक भएपछि उनी रातारात चर्चाको शिखरमा पुगिन् । पाकिस्तानले नादियालाई प्रतिबन्ध लगाएको छ र यहाँका धेरैजसो मानिसहरु उनलाई घृणा गर्छन् तर पनि उनका प्रशंसकहरुको संख्या दिनानुदिन बढ्दो छ । पाकिस्तानकी नादिया अमेरिकामा अश्लिल फिल्म बनाउने गर्दछिन् र आफ्नो फिल्ममा उनी पाकिस्तानको संस्कृतीलाई झल्काउँछिन् । नादिया कुनै साधारण पाकिस्तानी महिला जस्तै महिलाहरुले मुख छोप्ने वस्त्र ‘हिजाब’ लाई महत्व दिन्छिन् । उक्त अन्र्तवार्तामा उनले हिजाबलाई धेरै मानिसहरुले बोझको रुपमा लिएपनि आफूले त्यसलाई अनुशरण गर्ने गरेको बताइन् । । ‘म हिजाब लगाएर धर्मको प्रचार गर्दिनँ, यद्यपी यो पाकिस्तानको एक संस्कृति हो ।’ महिलाले हिजाब नलगाउँदा उनीहरुलाई परिवारले बिग्रिसकेको संज्ञा दिन्छन् । नाजिया भन्छिन्, ‘यदि हिजाब लगाउने महिला सेक्सी छिन् र यो लगाएर उनी सम्भोग गर्न चाहन्छिन् भने यसमा मानिसलाई के को आपत्ति ?’ उनी आफू पाकिस्तानी पोर्न स्टारको रुपमा चर्चित भएकोमा दङ्ग छिन् । उनी भन्छिन्, ‘मैले आफ्नो नाम परिवर्तन गरेर सेली राख्नसक्थें र चर्चित हुन सक्थें । तर यसो गर्दा मलाई सन्तुष्टि मिल्दैन ।’ आफू चर्चित भएका कारण पाकिस्तानले यसमा गर्व गर्नुपर्ने पनि उनको धारणा छ । ‘म तिव्र रुपमा चर्चित भइरहेकी छु । यसकारण पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ,’ उनी भन्छिन् । आफ्नो नयाँ प्रोजेक्टको बारेमा जानकारी दिँदै उनी भन्छिन्, ‘मैले ‘वुमन अफ द मिडल इस्ट’ नामक नयाँ प्रोजेक्ट सुरु गरेकी छु । यो ओसामा बिन लादेनको पोर्न कलेक्सन जस्तै हो ।’ मुश्लिम धर्म मान्नुको पछाडि आफ्नो केही उद्देश्य रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘म मुश्लिम धर्म मान्छु त्यसकारण मेरो विश्वास र दैनिक जीवनको बिच सधैं युद्ध हुने गर्दछ । म इस्लामलाई फलो गर्छु ता कि मलाई शान्ती मिलोस्, जिन्दगी जिउने एक तरिका मिलोस्, म नरम रहुँ र खुसी होऊँ ।’ नादियाले जुन पेशा अंगालेकी छिन् त्यसबारे आफ्नो परिवार जानकार रहेको बताउँदै उनको परिवार उनको व्यवसायमा खुसी नभएको समेत उनले स्पष्ट पारिन् । उनका अनुसार परिवारले उनको काम मन नपराएपनि उनको भावना बुझ्ने गरेको बताइन् ।  ‘उहाँहरुसँग मेरो राम्रो सम्बन्ध छ । हामी एक अर्कालाई बुझ्छौं । मेरो भिडियो भाइरल भएपछि मेरो परिवारले म पोर्न क्षेत्रमा लागेको कुरा थाहा पाउनुभयो । ’ पोर्न स्टार बन्न निकै गाह्रो हुने उनले बताइन् । उनी भन्छिन्, ‘पोर्न स्टार बन्न त्यति सजिलो भने छैन । यसका कलाकार पनि टेक र रिटेक लिने गर्दछन् । मात्र हामीले हाम्रो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ ।ࢍपोर्न इन्डष्ट्रिमा तपाईंलाई कसैले केही सिकाउँदैन, सबै कुरा तपाईंले आफै गर्नुपर्छ ।’ नादियाले यसपटक आफूले केही भिन्न गर्नेसमेत जानकारी दिइन् । उनका अनुसार उनले यो वर्ष लेस्बियन र सोलो फिल्ममा जोड दिने बताइन् ता कि मिडल इस्ट विशेषगरी पाकिस्तानी महिलाले केही कुरा सिकून् । उनी भन्छिन्, ‘पाकिस्तानी महिला सेक्सबाट अन्जान छन्, उनीहरुलाई सेक्स कसरी गरिन्छ थाहा छैन ।’ नादियाले आफू पोर्न इन्डष्ट्रिमा लाग्नुको पछाडि पैसा मुख्य कारण रहेको स्विकार गरिन् । उनका अनुसार सान फान्सिस्कोको सैलुनमा काम गरेबापत् पाउने पैसाले उनको दैनिकी काट्न मुश्किल थियो । साथीहरुले त्यतिबेला नै उनलाई डान्सर बन्न सल्लाह दिउ । डान्स गरेबापत् जति पनि पैसा उनले कमाउँथिन् त्यसले उनलाई खुसी दियो । सैलुनमा फेरी फर्केर जाने निश्चय गरिसकेकी उनी डान्सर पेशाबाट पोर्न इन्डष्ट्रिमा प्रवेश गरेको उनले बताइन् । अब आफू कहिले पनि पाकिस्तान नजाने उनले बताएकी छिन् । आफू पाकिस्तान जाँदा हुनसक्ने खतराबाट बच्नका लागि उनले अब पाकिस्तानमा कदम नराख्ने बताइन् । उनी भन्छिन्, ‘ यदि म पाकिस्तान गएँ भने यसको खतरनाक परिणाम निम्त्याउन सक्छ । म त्यहाँ जाँदा जे पनि हुनसक्छ । त्यसकारण म अब त्यहाँ जादिनँ ।’ नादिया पोर्नस्टार बनेपछि पाकिस्तानका जनता उनीमाथि आक्रोशित छन् । थुप्रै कट्टरपन्थीले उनलाई देख्नेबित्तिकै मारिदिनेसमेत घोषणा गरेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप