बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किम जोंगको अर्को क्रुरताः ६ अधिकारीलाई परिवारकै अगाडि दिए मृत्युदण्ड

शनिबार, १५ साउन २०७३, १५ : ५६
शनिबार, १५ साउन २०७३
उत्तर कोरियाका तानाशाह किम जोंग उनको क्रुरताको एउटा अर्को कहानी सार्वजनिक भएको छ । किमले आफ्ना ६ अधिकारीहरुलाई उनका परिवारको अगाडि गोली हानेर हत्या गरिदिएका छन् । चीनस्थित  एक उत्तर कोरियाली रेष्टुरेन्टबाट १३ जना कर्मचारीहरुलाई दक्षिण कोरिया भाग्न सहयोग गरेको भन्दै उनीहरुलाई मृत्युदण्ड दिएको हो । यो वर्ष अप्रिलमा चीनको पूर्वी तटस्थित निंगबोको एक रेष्टुरेन्टबाट १२ महिला र १ पुरुष कर्मचरी दक्षिण कोरिया भागेका थिए । डेली मेलको रिपोर्ट अनुसार ती ६ अधिकारीका परिवारलाई ताल्चा लगाएर एउटा कोठामा बन्द गरियो र उनीहरुकै अगाडि ती अधिकारीहरुलाई गोली हानी मृत्युदण्ड दिइयो । स्रोतका अनुसार यो धटना ५ मे मा भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप