बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ड्रग्स ऱ्याकेटकी  आरोपी ममता कुलकर्णीको अर्को रहस्य खुल्यो, ८ बैंकको खातामा रोक

आइतबार, १६ साउन २०७३, ११ : ४९
आइतबार, १६ साउन २०७३
२ हजार करोडको ड्रग्स ऱ्याकेटको मुख्य आरोपी ममता कुलकर्णीको अर्को नयाँ रहस्यको पर्दाफास भएको छ । उनीमाथि लागेको आरोपको छानबीन गरिररहेको पुलिसले उनको ८ वटा बैंकका अकाउन्ट यसै हप्ता फ्रिज गरिदिएको छ । ९० को दशकमा बलिउडकी सबैभन्दा ‘बोल्ड एण्ड ब्यूटीफूल’ नायिकाको छाप छोड्न सफल उनी एकाएक बलिउडबाट पलायन भएर अवैधानिक ड्रग्सको कारोबारमा लागेको आरोप लगाइएको छ । खबरका अनुसार ममता अहिले केन्यमा लुकेर बसिरहेकी छिन् । उनलाई पक्राउ गर्नका लागि पुलिसले आफ्नो कदम चालिसकेको बताएको छ । पुलिसले उनको ८ बैंक अकाउन्टलाई सिल गरिदिएको छ जसमा १ करोड ४४ लाख रुपैयाँ पाइएको छ । पुलिसले ममताकी बहिनी र यो अकाउन्टमार्फत लेनदेन गरिरहेका मानिसहरुसँग सोधपुछ गरिरहेको छ । यति मात्र होइन, पुलिसले अब ममता र उनका पति भनिने दोस्रो आरोपी बिक्की गोस्वामीको अरु सम्पत्ति बारे छानबिन गर्न सुरु गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप