बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी छात्रालाई बलात्कार गरेको आरोपमा ‘पीपली लाइभ’ का सह–निर्देशक दोषी ठहर

आइतबार, १६ साउन २०७३, १२ : २१
आइतबार, १६ साउन २०७३
नयाँ दिल्ली । ‘पीपली लाइभ’ फिल्मका सह–निर्देशक र इतिहासकारसमेत रहेका महमूद फारुकीको रेप मुद्दामा दिल्लीको साकेत कोर्टले दोषी ठहर गरेको छ । अदालतले २ अगस्टमा यो मुद्दामा सजायँ सुनाउनेछ । अदालतले उनलाई ३५ वर्षीया अमेरिकी अनुसन्धानकर्तामाथि सन् २०१५ मा बलात्कार गरेको घटनामा दोषी पाएको छ । पिडित महिला अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट पीएचडी गरिरहेकी थिइन् र अनुसन्धानका लागि भारत पुगेकी थिइन् । लेखक– निर्देशक फारुकीलाई दिल्ली पुलिसले पछिल्लो वर्ष बलात्कारको आरोपमा पक्राउ गरेको थियो । खबरका अनुसार १९ जुन, २०१५मा दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलोनी पुलिस स्टेशनमा एक अमेरिकी महिलाले फारुखी विरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । फारुखीलाई त्यहि दिन हिरासतमा लिइएको थियो । फारुखीले श्रीमती अनुसा रिजवीसँग मिलेर पीपली लाइभको सह–निर्देशन गरेका थिए । उनकी श्रीमतीले उनलाई लागेको बलात्कारको आरोप झुटो भएको वकालत गर्दै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप