बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी मोडल कन्दीललाई उनका भाइले नभई यी व्यक्तिले गरेका थिए हत्या !

आइतबार, १६ साउन २०७३, १३ : ०५
आइतबार, १६ साउन २०७३
पाकिस्तानकी सोसल मिडिया स्टार भनिने कन्दिल बलोचलाई उनको भाइले नभइ एर्कै व्यक्तिले हत्या गरेको पुष्टि भएको छ । आइतबार भएको पोलिग्राफ परिक्षणमा कन्दीलको हत्या उनका काकाको छोराले गरेको खुलासा भएको छ । घटनाका मुख्य आरोपी मोहम्मद वसीमले आफूले २७ वर्षीय कन्दील बलोचको घाँटी थिचेर हत्या गरेको स्विकार गरेका थिए । तर दुबै संदिग्धहरुको पोलिग्राफी परिक्षणले यो स्विकारोक्ति खारेज गरिदिएको छ । उक्त परिक्षणका अनुसार कन्दिललाई गत १५ जुलाईमा उनका काकाको छोरा हक नवाजले उनको घाँटी थिची हत्या गरेका थिए । जियो न्यूजका अनुसार वसीमले कन्दीलको हात र खुट्टा समातेका थिए जबकी हक नवाजले उनको घाँटी थिचेका थिए । हत्यापूर्व ती दुईले आफ्ना घरका सबै परिवारलाई नशालु पदार्थ ख्वाएको बताइएको छ । साउदी अरबमा बसिरहेका कन्दीलका दाइ आरिफले वसीममाथि बहिनीलाई मार्नको लागि दबाब दिएको बताइएको छ । स्रोतका अनुसार कन्दीलले परिवारको मान सम्मानलाई ठेस पुर्याएको भन्दै उनलाई मार्नुपर्ने दाइ आरिफको भाइ वसीममाथि दबाब थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप