बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चीनियाँ राष्ट्रपतिको सेनालाई आदेश, ‘युद्ध जित्न तयार होउ’

आइतबार, १६ साउन २०७३, १५ : ४५
आइतबार, १६ साउन २०७३
चीनका राष्ट्रपति शी जिनपिंगले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका छन् । युद्ध को सँग र कहिले गर्ने बारे जानकारी नदिए पनि उनले आफ्ना सैनिकलाई युद्ध जित्नका लागि आफ्नो तयारी बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । २३ लाख जवान रहेको चीनको जनमुक्ति सेना (पिएलए) संसारको सबैभन्दा ठूलो सेना हो । आइतबार यो ८९ वर्षको भएको छ । यो मौकामा राष्ट्रपति शी ले सेनालाई युद्ध जित्नका लागि कठिन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् । । अन्य देशको सेनाको कार्यशैलीभन्दा भिन्न पिएलएको नियन्त्रण चीनको कम्युनिष्ट पार्टीसँग छ । अन्य देशमा भने सेना सरकारको नियन्त्रणमा काम गर्दछ । चार वर्षमा चीनियाँ सेनामा आमूल परिवर्तन गर्ने शी ले सन् २०१३ मा सत्ता सम्हालेपछि आफ्नो ध्यान पीएलएमा केन्द्रित गरेका थिए । उनी सेनाले पार्टीको कमान अनुसार काम गरुन् भन्ने चाहन्छन् । उनले सेनालाई भने, ‘युद्ध जित्नका लागि आफ्नो क्षमतालाई बढाउनुहोस् । भ्रष्टाचारलाई समाप्त गरेर आफ्नो काम गर्ने शैलीमा परिवर्तन गरी सुधार ल्याउनुहोस् ।’ राष्ट्रपति शी जिनपिंगले दक्षिण चीन सागरमा बढिरहेको तनावलाई मध्यनजर गर्दै सेनालाई आफ्नो कम्मर कस्न निर्देशन दिएका छन् । स्मरण रहोस्, पीएलएको वार्षिक बजेट १४५ अर्ब डलर छ जसमा सबैभन्दा ठूलो बजेट अमेरिकाको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप