बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खाना फाल्नुहुन्छ ? यसो गर्नुपूर्व यिनको हालत हेर्नुहोस्, खानाको सट्टा खान्छन् माटोको भाँडो... (भिडियोसहित)

आइतबार, १६ साउन २०७३, १६ : २१
आइतबार, १६ साउन २०७३
हामीमध्ये धेरैले आफ्नो घरमा भएको एक्स्ट्रा खाना फाल्छौं । तर यो समाचार पढेपछि सायद तपाईंले यसो गर्नुहुन्न होला । हाइटीमा बस्ने मानिसहरुसँग खानको लागि केही पनि छैन त्यसकारण उनीहरु बाँच्नका लागि माटोबाट बनेको भाँडा खाने गर्दछन् । सुन्दा अपत्यारिलो छ तर यो हाइटीको दारुण वास्तविकता हो । हाइटीका मानिसहरुको एउटा यस्तो आदिवासी इलाका छ जहाँ मानिसहरु त्यो मात्र खान्छन् जुन उनीहरुले बनाउँछन् । उक्त ठाउँमा माटोको भाँडो बनाउने भन्दा अरु केही रोजगारको अवसर छैन । उनीहरु माटोको भाँडो बनाउँछन् त्यहि बेच्छन् र बाँच्नका लागि त्यही खान्छन् पनि । उता मानिसहरुको अवस्था यस्तो छ, यताका शहरिया भने खाना मिठो भएन भन्दै पस्केको खाना सबै फालिदिन्छन् । यो तितो यथार्थ हो । संसारभरी कति खानेकुरा नष्ट हुन्छ ?
  • यदि हामी वल्र्ड फुड प्रोग्रामलाई विश्वास गर्ने हो भने हरेक वर्ष संसारमा यति खाना उत्पादन गरिन्छ कि जसबाट संसारभरीका ७ बिलियन मानिसहरुको भोक मेट्न सकिन्छ । तर पनि हरेक ९ जनामध्ये एक व्यक्ति हरेक दिन भोको पेट सुत्ने गर्दछ ।

  • वल्र्ड फुड प्रोग्रामले यो पनि दाबी गर्छ कि संसारभरी १.३ बिलियन खाना बर्बाद गरिन्छ ।

  • हरेक वर्ष विश्वको धनी मुलुकमा करिब २ सय २२ मिलियन खाना खेर फालिन्छ ।

  • यो अनुसन्धानमार्फत यो कुरा पनि सार्वजनिक भएको छ कि युनाइटेड नेसन्समा तरकारी र फलफूल सबैभन्दा बढि फ्याँकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप