बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माछासँग सेल्फी लिने चक्करमा महिला एथलेटको डुबेर मृत्यु

आइतबार, १६ साउन २०७३, १७ : ३६
आइतबार, १६ साउन २०७३
भारतको मध्य प्रदेशको राजधानी भोपालमा शनिबार बेलुका माछासँग सेल्फी लिने कोसिस गर्दा एक महिला एथलेटको मृत्यु भएको छ । जनल स्पोर्ट्स सेन्टरकी महिला एथलेट पूजा कुमारीको पोखरीमा डुबेर मृत्यु भएको हो । पुलिसका अनुसार माछासँग सेल्फी लिने कोसिस गर्दा पोखरीको छेउमा पुगेकी उनी चिप्लिदाँ गहिरो पानीमा डुबेकी हुन् । स्रोतका अनुसार पूजा शनिबार बेलुका आफ्नो नियमित अभ्यास पछि होस्टेलमा फर्किरहेकी थिइन् । उनीसँग उनका दुई अन्य खेलाडी साथी नेहा र प्रिती पनि थिए । होस्टेल फर्कने बाटोमा उनीहरुले साइ सेन्टर भित्र बनेको पोखरीमा केही माछाहरु देखे । माछासँगै सेल्फी लिने इच्छाले उनीहरुलाई त्यसतर्फ तान्यो । प्राप्त जानकारीका अनुसार, तीनै जना सेल्फी लिनमा यति मस्त भए कि पूजा पोखरीको किनारामा पत्तै नपाई पुगिन् । पानी परेका कारण माटो चिप्लो थियो जसका कारण उनी चिप्लिइन् र गहिरो पानीमा डुबिन् । पूजा डुबिरहेको देखेपछि साथीहरुले त्यहाँ चिच्याउन सुरु गरे । मानिसहरुले उनलाई पानीबाट निकाले र अस्पताल पुर्याए जहाँ उनलाई मृत घोषित गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप