मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

१० वर्षे पर्यटन रणानीतिलाई निरन्तरता दिईने : पर्यटनमन्त्री पोखरेल

आइतबार, १६ साउन २०७३, १८ : १५
आइतबार, १६ साउन २०७३

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको १० वर्षे पर्यटन रणनीतिलाई निरन्तरता दिन नयाँ बन्ने सरकारलाई आग्रह गरेका छन् ।

१० वर्षमा कम्तीमा २३ लाख पर्यटक नेपाल भित्र्याउने रणनीतिका साथ सरकारले पर्यटन रणनीति सार्वजनिक गरेको भन्दै यसलाई कुनै दल र पार्टी विशेषको कार्यक्रमको रुपमा नलिई देशकै हितकालागि आएको कार्यक्रमका रुपमा बुझ्न आग्रह गरे ।

२० औं गाउँ पर्यटन दिवसको अवसरमा आज गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपालको जीवित संस्कृति तथा जैविक विविधतामार्फत् पर्यटन प्रबद्र्धनतर्फ केन्द्रीत हुन पर्यटन व्यवसायीलाई आग्रह गरे । त्यस क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरुले नेपालमा गाउँ पर्यटनको अथाह सम्भावना भएपछि अहिलेसम्म त्यसलाई सोचेअनुसार विकास गर्न नसकिएको बताएका थिए । कार्यक्रममा भिटोफ नेपालले पत्रकारिताको माध्यमबाट गाउँ पर्यटन प्रबद्र्धनमा योगदान गरेको भन्दै गन्तव्य नेपालका साप्ताहिकका अध्यक्ष शिव अधिकारी, इमेजकर्मी सन्दिप पौड्याल र सेतोपाटी डटकमका चन्द्र काफ्लेलाई सम्मान गरिएको थियो ।

यसैबीच भिटोफ–नेपालले दुई वर्षे कार्यकालको लागि कमल सापकोटाको नेतृत्वमा प्रथम उपाध्यक्षमा राम घले, दृत्तिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदी निर्विरोध निर्वाचित चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्याल पनि निर्विरोध निवाचित भएका छन् । दुई जना मनोनितसदस्य भने निवाचित कार्यसमितीले गर्ने प्रावधान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप