बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

८ सय कैदी क्षमता रहेको जेलमा ३ हजार ८ सय कैदी ? हेर्नुहोस् उनीहरुको जिन्दगी

आइतबार, १६ साउन २०७३, १८ : १७
आइतबार, १६ साउन २०७३
मनिला । संसारको सबैभन्दा बदनाम जेलको सूचीमा फिलिपिन्सको क्लिजोन जेल पनि समावेश छ । यहाँको अवस्था यस्तो छ कि ८ सय कैदीको क्षमता रहेको यो जेलामा ३ हजार ८ सय कैदीहरुलाई जर्बजस्ती राखिएको छ । यतिमात्र होइन, यहाँ कैदीहरु आफ्नो लागि ठाउँ र पानीका लागि दैनिकजसो एक अर्कासँग काटामार गर्न पनि पछि पर्दैनन् । यहाँ कैद भएका एक पूर्व कैदी रेमण्ड नारगले यो जेलको बेहाल स्थितीबारे ‘फ्रिडम एण्ड डेथ इनसाइड द जेल’ नामक एक किताब नै लेखेका छन् । आफू २० वर्षको हुँदा जेलमा परेको बताउने रेमण्डले ७ वर्ष जेलमा कटाएको बताएका छन् । उनका अनुसार खानामा सुकेको माछाबाहेक केही पनि हुँदैनथ्यो । यो जेलमा कैदीहरुले आफ्नो लागि आफैं खाना बनाउनु पर्ने उनले बताए । उनी भन्छन्, ‘मैले ७ वर्षसम्म आँखा हेरेरै मृत्युको अनुभव गरें ।’ स्रोतका अनुसार ६० वर्ष पहिले जब यो जेलको निर्माण भएको थियो तब यसमा ८ सय कैदीको क्षमताको हिसाबले बनाईएको थियो । अहिले हालात यस्तो छ कि २० जना मानिसहरुका लागि बनेको सेलमा १६० देखि २०० मानिसहरु राखिन्छ । कैदीहरुले सुत्नका लागि सानो एउटा ठाउँ पाउन पनि मुश्किल छ । कैदीहरु बास्केटबलको ओपन कोर्ट, सिढिँ र बेडको तलसमेत सुत्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप