बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साथीको मृत्यु हुँदा यसरी रोए सलमान खान

सोमबार, १७ साउन २०७३, १० : ४२
सोमबार, १७ साउन २०७३
बलिउडका चर्चित निर्देशक सूरज बडजात्याका भाइ रजत बडजात्याको शुक्रबार मृत्यु भएको छ । शनिबार उनको शोक सभामा सलमान खान पनि पुगे जहाँ उनी रोएको देख्न सकिन्थ्यो । सलमान खान र रजत बडजात्याको दोस्ती निकै गहिरो रहेको श्रोतले बताएको छ । सलमानले आफ्नो करियरको सुरुवात बडजात्याको फिल्म ‘मेने प्यार किया’बाट गरेका थिए । लामो समयदेखि क्यान्सर पीडित रजतले अन्तत जिन्दगीको लडाईं हारे । साथीको अन्तिम दर्शनका लागि पुगेका उनले आफूलाई रोक्न सकेनन् । यी दुबैले ‘हम आपके हे कौन’, ‘हम साथ साथ हे’ र ‘प्रेम रतन धन पायो’ मा सँगै काम गरेका थिए । रजतको अन्तिम संस्कारमा सोनम कपुर र रबिना टन्डन पनि उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप