बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

महिलाले स्कूटर चलाए जिउँदै जलाइने चेतावनी

सोमबार, १७ साउन २०७३, ११ : २१
सोमबार, १७ साउन २०७३
आतंककारी संगठन हिजबुल मुजाहिद्दीनका कमान्डर बुरहान बानीको इन्काउन्टरपछि भारतको महाराष्ट्र इलाकाको घाटीको हालत दिनानुदिन बिग्रदो अवस्थामा छ । आइतबार श्रीनगरको सिटी सेन्टरमा लगाइएको पोष्टरले त्यहाँका जनतालाई तनाव थप्ने काम गरेको छ । पोष्टरमा महिलालाई धम्कीपूर्ण सन्देश दिइएको छ । उक्त पोष्टरका अनुसार महिलाले यदि स्कूटर चलाए उनीहरुलाई स्कूटरसँगै जलाइने चेतावनी दिइएको छ । यो पोष्टर संगबाज नामको संस्थाबाट जारी गरिएको छ । स्रोतका अनुसार पोष्टरमा जम्मा ६ कुराहरु लेखिएका छन् । युवायुवतीलाई भाइ बहिनी भनी सम्बोधन गरिएको छ ।  दोस्रो लाइनमा ‘फ्रिडम मुभमेन्ट अफ कश्मिर भ्याली’ लेखिएको छ भने अर्को लाइनमा ‘यो कश्मिर हाम्रो हो र यसको निर्णय हामी गर्नेछौं’ भनी लेखिएको छ । पोष्टरमा सबै पसले, भेन्डर र घाटीमा काम गर्ने व्यापारी समुदायलाई सहयोगको अपिलसमेत गरिएको छ । उनीहरुले लडाईं हुञ्जेल आफ्नो पसल बन्द गर्न आह्वान गरेका छन् । यसका साथै उक्त पोष्टरमा नीजि यातायातलाई समेत सहयोग गर्न आह्वान गरेको छ । मस्जिद व्यवस्थापन समितीलाई स्लोगन बनाएर त्यसलाई प्रार्थना गर्ने बेला सबैले प्रयोग गर्नसमेत उनीहरुले पोष्टरमार्फत आग्रह गरेका छन् । स्वतन्त्र नहुञ्जेलसम्मका लागि आफूहरु लडाईंको मैदानमा उत्रिरहने भन्दै उनीहरुले पोष्टरलाई बिट मारेका छन् । स्थानीय पुलिसले पोष्टरको जाँच भइरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप