सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिप्रदी ट्रेडिङ प्रालिले सम्पन्न गर्यो माइलेज टेस्ट क्याम्प

बुधबार, १० माघ २०७४, १६ : ११
बुधबार, १० माघ २०७४

काठमाडौं–  नेपालका लागि टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले माइलेज टेस्ट क्याम्प सम्पन्न गरेको छ । सो कम्पनीले  डाइन्यामिक ह्याच्ब्याकटियागो र स्टाईलब्याक टिगोरका लागि सो क्याम्प सम्पन्न गरेको हो ।  उक्त मालेज टेष्टका क्रममा सहभागीहरुले जावलाखेल, सुन्धारा, लैन्चौर, महाराजगंज, बुढानिलकण्ठ, बालुवाटार, नक्साल, ज्ञानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर हुँदै धुलिखेलसम्म करिब ६० कि.मि.भन्दा बढीकोे यात्रा तय गरेका थिए ।

शनिबार सम्पन्न उक्त प्रतिस्पर्धामा आत्मराम ढकालले टियागोमा २३.१७ किमि प्रतिलिटर को सर्वाधिक माइलेज प्राप्त गरी विजयी भए भने विश्वराज पंगेनी २१.८६ किमि प्रतिलिटर का साथ उप–विजेता बन्न सफल भए । त्यसैगरी सेडानको वर्गमा भरत शर्मा पौडेलले टाटा टिगोरमा सर्वाधिक २१.८ किमि प्रति लिटरको माइलेज प्राप्त गरी विजयी भए । दुवै वर्गका विजयीहरुलाई १ वर्षसम्मको फ्रि इन्धनबाट सम्मानित गरिएको थियो भने टियागोका उप–विजेतालाई ९ महिनासम्मको फ्रि इन्धन उपहारस्वरुप उपलब्ध गराइएको थियो ।

सिप्रदी  ट्रेडिङ्ग प्रालिका सिइओ राजनबाबु श्रेष्ठ र टाटा मोटर्स्का कन्ट्री म्यानेजर अजितनारायण सिंहले संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा ३० जनाभन्दा बढी टियागो तथा टिगोरका चालकहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमबारे टाटा मोटर्स्का कन्ट्री म्यानेजर अजितनारायण सिंह भन्छन्, “हाम्रो उत्पादनहरुले यति राम्रो प्रदर्शन गरेर ग्राहकहरुको आकांक्षा पूरा गर्न सकेकोमा हामी निकै खुसी छौं । हाम्रो उत्पादनहरुमा हामीले सधैं क्वालिटी र प्रभावकारी माइलेजलाई नै प्राथमिकता दिंदै आएका छौं र आज सम्पन्न यस माइलेज टेष्ट क्याम्पले हाम्रो उत्पादनप्रतिको हाम्रो प्रतिबद्धतालाई सावित गरेको छ ।” 

त्यस्तै समारोहलाई सम्बोधन गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.का सिइओ राजनबाबु श्रेष्ठ भन्छन्, “यस अवसर हामीले हाम्रो ग्राहकहरुलाई अझ बुझ्ने मौका पाएका छौं । यस्तो इभेन्ट आयोजनाले हाम्रो र ग्राहकबीचको नाताथप प्रगाढ हुने कुरामा हामी विश्वास राखेका छौं । यसै क्रममा हामीले  टाटा मोटर्स र सिप्रदी ट्रेडिङका बारेमा संक्षिप्त परिचय समेत यहाँ प्रस्तुत गरेका छौ । 

टाटा मोर्टस्
टाटा मोर्टस् लिमिटेड ४२ बिलियन अमेरिकी डलर सहित विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो जसले कार, यूटीलिटी भेहिकल, बस, ट्रक, डिफेन्स भेहिकलआदिको उत्पादनगर्दै आइरहेको छ । भारको बृहत अटो मोबाइलकम्पनी र १०० बिलयिन अमरिकी डलरको टाटा मोटर्स् यु.के.,दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामाअन्य७६ वटा सहायककम्पनीहरु जस्तै यू.के. माजुगर ल्यान्डरोभर र दक्षिण कोरियामा TATA Daewoosका साथ मजबुत ग्लोबल नेटवर्कका साथ सञ्चालित छ । 

सिप्रदी ट्रेडिङ 
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. नेपालमा Automotive र Allied बिजनेशको मुख्य हिस्सा हो भने नेपालको प्रतिष्ठित ब्रान्डहरुमध्ये एक पनि हो । विगत ३४ वर्षदेखि सिप्रदी वार्षिक ३५० मिलियन अमेरिकी डलर आयका साथ नेपालको अटोमोटिभ, ईनर्जी, लुब्रिकेन्ट, वित्तिय सेवा र इक्यूपमेन्ट बिजनेशमा तीव्र रुपले विस्तारित भइरहेको छ । ग्राहकहरुलाई स्तरीय सुविधाप्रदानगरि आफ्नो ब्रान्ड इमेजलाई समेत बढावा दिने मुख्य उद्देश्यका साथकम्पनीमाहाल७५० जनाकर्मचारी र ६५० जना सहायककर्मचारीहरु कार्यरत छन् । 

सन् १९८२ देखि टाटा मोटर्स् लि.को नेपालका लागि आधिकारिक वितरकको रुपमा परिचित यो कम्पनी, ISO 9001:2008 द्वारा प्रमाणित छ । सिप्रदीले टाटा मोर्टस्द्वारा उत्पादितकमर्सियल तथाप्यासेन्जर गाडीहरुको नेपालभर विक्रीवितरण र त्यसपछिको सेवाहरु प्रदानगर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप