सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको विरुद्धमा नेम्बाङलाई उठाउँछौं : अधिकारी

सोमबार, १७ साउन २०७३, १५ : २९
सोमबार, १७ साउन २०७३

काठमाडौं– नेकपा एमालेका नेता रविन्द्र अधिकारीले प्रधानमन्त्रीको लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्लाई अघि सार्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘हाम्रो पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वभाविक रुपमा उपनेता अघि सर्नुहुन्छ ।’ कांग्रेस माओवादी गठबन्धनबाट भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेद्वारी दिने तयारी छ ।

अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दापनि एजेण्डामा प्रमुख राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको दाबी गरे । उनले अघि थपे,‘संविधान कार्यान्वयन र तीन वटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नको लागिपनि राजनीतिक दलहरुवीच सहमति आवश्यक छ ।’ नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले मुलुकलाई सही दिशाबोध गर्न र आन्दोलनरत मधेशी मोर्चाको मागलाई सम्बोधन गर्नपनि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार सफल हुने बताए ।

संविधान कार्यान्यवन, शान्ति प्रक्रिया, पूर्ननिर्माण र आर्थिक समृद्धिको लागि सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनको तर्क थियो । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मोर्चाले प्रचण्डको पक्षमा मतदान गर्ने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप