सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाल समानन्तरले भन्यो, ‘हाम्रो कुनै पार्टीसँग एकता भएको छैन’

सोमबार, १७ साउन २०७३, १५ : ३२
सोमबार, १७ साउन २०७३
काठमाडौं – राप्रपा नेपाल समानन्तरले आफ्नो पार्टीको कुनै पार्टीसँग पनि एकता नभएको स्पष्ट गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राप्रपा नेपाल समानान्तरले आफ्नो पार्टीको अहिले कहिँ कतै एकिकरण नभएको स्पष्ट पारेको हो । पार्टीका अध्यक्ष गणेश शेरचनले भने,‘हाम्रो सिद्धान्त भनेको संवैधानिक राजतन्त्र, हिन्दूधर्म र अखण्ड नेपाल हो, यो सिद्धान्तलाई परित्याग गरी कसैसँग पनि एकिकरण हुन सक्दैन् ।’ उनले पार्टीको अनुशासन, विधान, नीति र आचरण विपरीत काम गरेकै कारण पार्टीले यसअघि नै सत्यमान लामा, श्याम तिमिलसेना, सगुन लावतीलाई साधरण सदस्यता समेत नरहनेगरी निष्कासन गरिएको उल्लेख गर्दै भने,‘पार्टीबाट निष्कासित व्यक्तिको अध्यक्षतामा राप्रपा नेपाल समानान्तर पार्टी स्व–घोषित अध्यक्ष सत्यमान लामाको अध्यक्षतामा राप्रपा नेपालमा विलय भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै खेदजनक र हास्यास्पद भएको कुरा स्पष्ट छ ।’ उनले नयाँ संविधानलाई बहुसंख्यक नेपालीहरुले अस्विकार गरेको उल्लेख गर्दै भने,‘संविधान विदेशीको आडमा देशका तमाम जनताले आत्मसात गरेका मुल्य र मान्यतालाई तिलाञ्जली दिइ लाद्ने प्रयास गरिएको छ, त्यसले मुलुकमा गम्भिर संकट निम्त्याएको कुरा सबैलाई थाहा छ ।’ उनले आफ्नो पार्टी सिद्धान्तबाट किन्तीपनि विचलित नभई चलिरहेको अवस्थामा जनतामा भ्रम छर्ने उद्देश्यले पार्टी एकता भयो भन्ने हल्ला चलाईएकोमा आक्रोश पोखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप