सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीका क्रसर उद्योग बन्द, जिविसले ज्यादती गरेको आरोप

सोमबार, १७ साउन २०७३, १५ : ३७
सोमबार, १७ साउन २०७३

भैरहवा– अन्य जिल्लामा सुचारु रहेको क्रसर उद्योग रुपन्देहीमा बन्द गरिदिँदा ब्यावसायीहरु आन्दोलित भएका छन । मापदण्ड पुरा नगरी लामो समय देखी नविकरणकै भरमा सञ्चालनमा रहेका रुपन्देहीका क्रेशर उद्योगलाई जिल्ला बिकास समितिको कार्यालय रुपन्देहीले यहि साउन १ गते बन्द गरि दिएको छ । नेपाल सरकारबाट निर्धारण गरिएको मापदण्ड पुरा गर्न पाउने म्याद असार मसान्त पछि समाप्त भएकोले जिल्लामा सञ्चालनमा रहेका क्रेशर उद्योग बन्द गर्न जिविसले निर्देशन दिएको हो । रुपन्देही जिल्लामा एउटा पनि क्रेशर उद्योग मापदण्ड पुरा नगरेको हुदा नेपाल सरकार द्धारा अन्य ब्यावस्था नभए सम्मका लागी उद्योग बन्द गर्न आग्रह गरेको जिल्ला बिकास समितिका वातावरण अधिकृत उपेन्द्र राज ज्ञवालीले बताए । नेपाल भरि सञ्चालानमा रहेका क्रेशर उद्योग जिल्ला बिकास समितिको कार्यालय रुपन्देहीले एकतर्फी रुपमा बन्द गरि दिदा रुपन्देहीका क्रेशर ब्यावसायी आन्दोलित भएका छन । ब्यावसायीहरुको संगठन नेपाल रोडा ढुङ्गा उद्योग ब्यावसायी संघ रुपन्देहीले आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि उद्योग बन्द गरिएको प्रति बिरोध जनाएको छ । नेपाल भरि सञ्चालन भै रहेको क्रेशर उद्योगहरु स्थानिय मन्त्रलायको कुनै निर्देशन बिना नै एकलौटी रुपमा रुपन्देही जिल्ला बिकास समितिले बन्द गराएको नेपाल रोडा ढुङ्गा उद्योग ब्यावसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले बताए । रुपन्देहीमा राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालनमा रहेकै अवश्थामा नदी जन्य पदार्थ निकासीको अभाव हुदा यी आयोजनाहरुलाई प्रत्यक्ष असर गर्ने उनको भनाई छ । उद्योग बन्द हुदा ठुला आयोजना मात्र नभई स साना योजना निर्माणका कार्यहरु पनि प्रभावित भएको छ । राज्यले उद्योगी ब्यावसायीलाई संरक्षण गर्ने स्थानमा असम्भव प्राय रहेको निति बनाई बिस्थापन गर्न खोजेको ब्यावसायीहरुको आरोप छ । यस अघि नै क्रेशर उद्योगहरुलाई देशका बिभिन्न १५ स्थानमा ब्यवस्थित गर्ने भनिए पनि त्यस तर्फ कुनै पहल नभएको उद्योगीहरुको गुनासो छ । आफुहरु स्थान्तरित हुन तयार रहेको बताउदै उद्योगीहरुले बन्द भएका उद्योगहरु तत्काल सञ्चालन गर्न पाउन माग राखेका छन । एकसी उद्योग बन्द गराई दिदा उद्योग सित प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने करिब २३ हजार मजदुरहरुलाई खान लाउन धौ धौ परेको छ । यसै गरि उद्योग सित रहेको करिब २ लाख घनमिटर बराबरको सामाग्री पनि फसेकोले बैंकको ब्याज समेत तिर्न गाह््रो हुने बताए । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले जिविसले उद्योगीहरु प्रति अन्याय गरेका बताए । अन्य जिल्लामा मापदण्ड पुरा नभएका क्रेशर उद्योग सञ्चालन भै रहदा रुपन्देहीमा मात्रै किन बन्द गरेको? यस बिषयमा आफुहरु उद्योगी सित साथ रहेका शर्माले भने । नेपाल भरि रहेका ४ सय ६२ क्रेशर उद्योग मध्ये १८ वटा मात्र उद्योगले मापदण्ड पुरा गरेको नेपाल रोडा ढुङ्गा उद्योग ब्यावसायी महासंघका केन्द्रिय सचिव चन्द्रमणि अधिकारीले बताए । मापदण्ड पुरा गरेकाहरु पनि कागजमा मात्र मापदण्ड पुर्याएको उनले दावी गरे । साउन १ गते देखी क्रेशर उद्योग बन्द भए पछि रुपन्देहीका बिकास निर्माणका कार्य प्रभावित भएको छ । रुपन्देहीमा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रि बिमानास्थल, बुटवल–बेलहिया ६ लेन सडक लगायत राष्ट्रिय गौरवका आयोजना सहित अन्य भौतिक पूर्वाधार निर्माणका काम समेत प्रभावित भएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप