सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दिपक मनाङेद्वारा गुण्डागर्दी अस्वीकार, प्रमाण जुटाउन प्रहरीलाई हम्मे !

सोमबार, १७ साउन २०७३, १६ : २२
सोमबार, १७ साउन २०७३

काठमाडौं–गुण्डा नाइके दिपक मनाङेले आफूले गुण्डागर्दी गरेर करोडौं असुल गरेको कुरा अस्वीकार गरेका छन् । ३३ दिनदेखि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका मनाङलेलाई प्रहरी अधिकारीहरुले लगातार सोधपुछ गरेपनि उनले गुण्डागर्दीको आरोप अस्वीकार गरेका हुन् ।

गत असार १६ गते उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले धम्क्याएर असुल गरेको रकम सहित ठमेलबाट पक्राउ गरेको थियो । संगठित अपराध विरुद्धको मुद्धा दर्ता गरेर मनाङेमाथि अनुसन्धान शुरु गरेपनि काठमाडौं प्रहरीले हालसम्म मनाङे संलग्न भएको ठोस प्रमाण फेला पार्न सकेको छैन ।

काठमाडौं प्रहरी स्रोतका अनुसार मनाङ्गेलाई सोधपुछ गर्दा ‘मलाई प्रहरीले किन ल्याएको हो, थाहै छैन ? मैले के गरेको छु र ?’ भन्दै उनले अनभिज्ञता प्रकट गर्ने गरेका छन् । ‘राइट टु साइलेन्स’ को कारण पनि हामीले प्रेसर गर्न सकेनौं’ काठमाडौं प्रहरीका एक अधिकारीले भने, ‘उसले अस्वीकार गरेपनि हामी प्रमाण जुटाउने काममा लागिराखेका छौं ।’

मनाङेलाई पक्राउ गर्नुअघि केही उजुरीको आधारमा पिछा गरिएको काठमाडौं प्रहरीले दावी गरेपनि पक्राउ गरेर हिरासतमा राखेपछि मात्र एकदुई उजुरी आउन थालेको छ । प्रहरी स्रोतका अनुसार उनीबिरुद्ध एउटा उजुरी गोप्य रुपमा खामबन्दी आएको छ, जुन न्यायाधिशले मात्रै खोल्न मिल्छ । ति बाहेक अन्य दुई उजुरी उल्लेख्य आएको छैन ।

पछिल्लो समय शरीर बन्धक राखेर फिरौती असुल्ने काममा सक्रिय रहेको सुचनाका आधारमा उनलाई पक्राउ गरिएको दावी गर्दै काठमाडौं प्रहरी अहिले उनको बैंक खातामा रहेको रकम र घर जग्गाको हिसाव निकाल्न थालेको छ ।

‘हामीले उनको बैंक खातमा रहेको रकमको विवरण मागेका छौं’ मनाङ्गेबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘घर जग्गाको विवरण पठाउन पनि सम्बन्धीत निकायलाई ताकेता गरेका छौं ।’

प्रहरी अनुसन्धानका क्रममा मनाङेले रसुवाको ट्रान्सपोर्टेसनमा लागानी गरेको खुल्न आएको छ । तर त्यहाँ कति लगानी छ भन्नेबारे अझै खुलेको छैन । त्यसबाहेक ललितपुरस्थित पटके कर उठाउने ढाटमा उनले गरेको लगानी अर्कै ब्यक्तिको नाममा रहेको पाइएको छ ।

हिरासतमा श्रीमती बाहेक अरुले भेटेनन्

ठमेले एरियामा दिपक मनाङ्गेको नामबाट गुण्डार्दीमा सक्रिय उनको बास्तविक नाम भने राजिव गुरुङ हो । दुईओटी श्रीमती विवाह गरेका मनाङे हाल कान्छी दिक्षाङ डोल्मा गुरुङ सँग बस्दै आएका थिए । ३३ दिनदेखि हिरासतमा रहेका मनाङेलाई भेट्न उनकी दिक्षाङ भन्दा बाहेक अरु कोही नगएको बताइएको छ ।

उनकी जेठी श्रीमती पासाङ डोल्मा भने नेपालबाहिर छिन् । कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि उनको छत्रछायाँमा रहेका युवाहरु मनाङेतिर लागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप