सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाख्रा चराउन गएकी बालिकाको लडेर मृत्यू

सोमबार, १७ साउन २०७३, १६ : २७
सोमबार, १७ साउन २०७३
जाजरकोट –यहाँको थालारैकर ४ कि ११ वर्षिय हिमाकुमारी खाँड ठकुरीको लडेर मृत्यू भएको छ । स्थानिय जनकल्यान निमावी थालारैकरमा कक्षा ५ मा पढ्ने उनको बाख्रा चराउन जाँदा स्थानिय जंगलमा लडेर ज्यान गएको प्रहरीले वताएको छ । आईतवार वेलुका लडेर गम्भिर घाईते वालिका हिमाकुमारीको टाउँकोमा चोट लोगको थियो । घरेलु उपचार गर्दा गदै सोमवार दिउँसो मृत्यू भएको हो । उपचारका लागी स्वास्थ्य संस्था नजिक नभएका कारण वालिकाको मृत्यू भएको स्थानियले वताएका छन् । जाजरकोट सदरमुकाम आउन र सुर्खेत नेपालगन्ज लिन समेत टाढा भएका कारण समयमा उपचा नपाउँदा मृत्यू भएको हो । यसैबीच थालौकर १ का दिपेन्द्र शाहीको घर भत्किएपछि परिवार समस्यमा परेको छ । शाहीको दुई तलाको घर सोमवार विहान भत्किएपछि परिवार समस्यामा परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप