सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खाल्डोमा डुवेर एक बालकको मृत्यु

सोमबार, १७ साउन २०७३, १६ : ४१
सोमबार, १७ साउन २०७३
राजविराज, १७ साउन – सप्तरीको लालापट्टि गाविसका एक वालकको खाल्डोमा डुवेर सोमवार मृत्यु भएको छ । वडा नं. ७ वस्ने मुर्सिद मियाको १८ महिनाको छोरा जसिस मियाँको खाल्डोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार जसिसको ट्युवेलको पानी जमेर बनेको खाल्डोमा डुवेर मृत्यु भएको हो । खाल्डोमा डुवेर वेहोस भएको जसिसलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप