सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आद्योगिक प्रतिष्ठान बन्द गर्ने माओवादी घोषणा

सोमबार, १७ साउन २०७३, १६ : ५६
सोमबार, १७ साउन २०७३
काठमाडौँ – नेकपा माओवादी निकट मजदूरहरुले साउन २३ गते औद्योगिक प्रतिस्ठान बन्द गर्ने घोषणा गरेका छन् । नेपाल बन्दको क्रममा गिरफ्तार संगठनका सचिव भानुभक्त आचार्य र नविन विष्टलाई रिहाईको माग गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका उपत्यका ब्यूरो संयोजक शंकर अधिकारीले रिहाई गर्न पकटपकट प्रहरी प्रशासनसँग माग गर्दा पनि झुट्टा मुद्धा लगाएकाले संघर्षमा जानु परेको बताए । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमालले नेपाल बन्द राजनीतिक मुद्धा भएको बताउँदै सो क्रममा गिरफ्ता सबैलाई विना सर्त रिहाई गर्नुपर्ने बताए । संगठनले साउन १८ गते प्रचारप्रसार, १९ गते तिनकुनेमा जनप्रर्दशन, २० गते बबरमहलमा जनप्रर्दशन, २१ गते उपत्यकाव्यापी कोणसभा गर्ने समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप