सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धरहरा अब ४२ रोपनी क्षेत्रफलको जग्गामा बन्ने

सोमबार, १७ साउन २०७३, १७ : ३२
सोमबार, १७ साउन २०७३

काठमाडौं –भूकम्पबाट भत्किएको धरहरा अब ४२ रोपनी क्षेत्रफलको फराकिलो जग्गामा पुनर्निमाण गरिने भएको छ । हुलाक विभाग र टक्सार कार्यालयको जग्गा समेतलाई ओगटेर धरहरा ४२ रोपनी क्षेत्रफलमा पुनर्निमाण गरिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अब बनाइने धरहराको डिजाइन सोमबार सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको डिजाइन अनुसार भूमिगत पार्किङ, दुई वटा लिफ्ट, म्युजियम, थिएटर र रेष्टुरेण्टसहितको धरहरा २२ तलाको हुने छ । मन्त्रालयले केज कन्सल्ट प्रालिमार्फत धरहराको डिजाइन सार्वजनिक गरेको हो । २६ लाख रुपैयाँको डिजाइन अनुसार धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए । उनका अनुसार धरहरा बनाउनका लागि सहयोग गर्न जनतालाई आव्हान गरिने छ । जनताबाट अपेक्षित रुपमा सहयोग नजुटे नेपाल टेलिकमको सहयोग लिइने मन्त्री पोखरेलले बताए ।

सरकारले धरहराको पुनर्निमाणका लागि सहयोग जुटाउन म बनाउँछु मेरो धरहरा अभियान संचालन गरेको ८ महिनाको अवधिमा जम्मा १ करोड ९५ लाख रुपैयाँ संकलन भएको छ । सहयोग रकम अपेक्षित रुपमा संकलन नभएपछि नेपाल टेलिकमले धरहराको पुनर्निमाणका लागि अनुमानित गरिएको ३ अर्ब रुपैयाँ नै लगानी गर्न इच्छा देखाइ सरकारलाई पत्राचार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप