सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुम रेमिट्यान्सले गर्यो दुई बैंकसँग रेमिट सम्झौता

सोमबार, १७ साउन २०७३, १७ : ५१
सोमबार, १७ साउन २०७३
काठमाडौ–बुम रेमिट्यान्स प्रालि र सेवा बिकास बैक तथा मुक्तिनाथ बिकास बैकवीच रेमिट्यान्स कारोवारका लागि सम्झौता भएको छ । बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम सेवा बिकास बैक र मुक्तिनाथ बिकास बैकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेगरि यस्तो सम्झौता भएको हो । सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त, सेवा बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले र मुक्तिनाथ बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा एक हजार ५ सय भन्दाबढी सब–ऐजेन्टहरु छन् । बुम रेमिट्यान्सले खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । केही समयपछि मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, अमेरिकाबाट समेत कारोवार सुरु गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप