सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्कूलबस जलाउने पक्राउ गरेकोमा एन–प्याब्सनको विरोध

सोमबार, १७ साउन २०७३, १८ : ०४
सोमबार, १७ साउन २०७३
काठमाण्डौ– बन्द र हड्तालको घोषणा गर्दै स्कुल बसमा आगजनी गर्ने माओवादी कम्युनिष्ट केन्द्रका कार्यकर्तालाई सरकारले पक्राउ गरेकोमा राष्ट्रिय निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (एन–प्याबसन)ले विरोध गरेको छ । आन्दोलनकारीहरुसंग बार्ता भैरहेको समयमा सरकारले उनीहरुलाई पक्राउ गरेको भन्दै एन–प्याबसनले बिरोध गरेको हो । माओवादी कम्युनिष्ट केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र एवं योङ्ग कम्यूनिष्ट फोर्सले गत बिहीबार ताहाचलमा आइडल मोडल स्कुल धोविघाट ललितपुरको बा.२ क ४६९ नम्बरको बसमा आगजनी गरेका थिए । गएको साउन ४ गतेदेखि विभीन्न माग राखि अनिश्चितकालिन बन्द हड्तालको कार्यक्रम सार्वजनिक गरेका उनीहरुलाई हिँजो प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनरत पक्षसंग राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय , संचारकर्मि , नेसनल प्याव्सन केन्द्रिय समिति, जिल्ला समिति लगायत सरोकारवाला निकायहरु मिलेर बार्ताको माध्यमबाट समस्याको समाधानका लागि पहल गरीरहेको समयमा सरकारले उनीहरुलाई पक्राउ गर्नु गलत भएको एन–प्याब्सनले जनाएको छ । ‘यस किसिमका शैक्षिक मुद्धाहरु वार्ता र संवादको माध्यमबाट मात्रै समाधान गर्न सकिन्छ भनेर हामीले शिक्षा मन्त्रालय समेतको सहभागीतामा दुई तीनचरण वार्ता गरीसकेका थियौँ’ एनप्याव्सनका अध्यक्ष कर्ण बहादुर शाहीले रातोपाटीसंग भने वार्ता भईरहेको परीप्रेक्ष्यमामा वार्ताकारलाई सरकारले पक्राउ गरी थुनामा राख्ने समाचारले यस संस्थाको गम्भिर गम्भिर ध्यानाकर्षण भएको छ ।’ शिक्षा क्षेत्रलाई वास्तवमै शान्तिक्षेत्र बनाउनका लागि संयमतापूर्वक अझै पनि अन्तिम माध्यम वार्ता र संवाद भएकोले पुनः नेपाल सरकार शैक्षिक सरोकारवाला र आन्दोलनरत पक्षले उक्त वातावरण जिम्मेवारी पूर्वक निर्वाह गर्न गराउन उनले अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप