सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एनबी बैंकको नाफा ३८ करोड बढ्यो, गतआवमा १ अर्ब १९ करोड नाफा

सोमबार, १७ साउन २०७३, १८ : ०९
सोमबार, १७ साउन २०७३
काठमाडौ–नेपाल बंगलादेश बैंकले गत आवमा आफ्नो नाफा बढाएको छ । बैंकले एक बर्षमा ३८ करोड ४३ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो । बैंकको चौथो त्रैमासिक प्रतिवेदन अनुसार गत गत आवमा १ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन भएको छ । यो नाफासँगै नेपाल बंगलादेश बैंक पनि अर्वभन्दा वढी नाफा आर्जन गर्ने बैंकको सूचीमा दर्ता भएको छ । व्याजमा राम्रो आम्दानी तथा खराव कर्जा घटेपछि नाफामा वढेको बैंकले जनाएको छ । बैंकका अनुसार गत आवमा २ अर्ब ९१ करोड रुपैयाँ व्याज आर्जन भएको छ । खराव कर्जा शुन्य दशमलव ७१ प्रतिशतमात्र रहेको पनि बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ छ । यस्तै, सो आवमा ज्योति विकास बैंकले पनि १५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । खराव कर्जा घट्नु र व्याज आम्दानी वढेकाले बैंकको नाफा सुधारिएको जनाएको छ । यस्तै, सो आवमा वेष्टर्न डेभलपमेन्ट बैंकले नाफा ४ करोड २ लाख रुपैयाँ नाफा कमाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप