सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्यायाधीशको सपथ वहिष्कार

सोमबार, १७ साउन २०७३, १८ : १६
सोमबार, १७ साउन २०७३
काठमाडौँ -संचारकर्मीहरुले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम वहिष्कार गरेका छन् । राष्ट्रपति कार्यालयले उचित स्थानको व्यवस्था नगरेको भन्दै संचारकर्मीहरुले सोमबार न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम वहिष्कार गरेका हुन् । नवनियुक्त ११ जना न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम सोमबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा तय गरिएको थियो । राष्ट्रपति कार्यालयले संचारकर्मीहरुका लागि सपथग्रहणको दृष्य खिच्न नमिल्ने स्थान छुट्याएको विरोधमा कार्यक्रम वहिष्कार गरेको राष्ट्रपति कार्यालय पुगेका संचारकर्मीहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप