सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाढी र पहिरोका कारण देशभर १ सय २ जनाको मृत्यु

सोमबार, १७ साउन २०७३, ०५ : ३०
सोमबार, १७ साउन २०७३

काठमाडौं–सरकारले अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण दुई सातामा १ सय २ जनाको ज्यान गएको बताएको छ ।

व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री भीम रावलले बाढी पहिरोका कारण साउन १ गतेयता ४३ जिल्लामा १ सय २ जनाको मृत्यु भएको, २२ जना वेपत्ता भएको र ५८ जना घाइते भएको जानकारी गराए । उनका अनुसार प्युठानमा ३१, गुल्मीमा ७, वाग्लुङमा ६, पाल्पा र रोल्पामा ४÷४, मकवानपुरमा ३ तथा दाङमा २ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण घरमा क्षति पुग्दा सयौं परिवार विस्थापित भएका छन् । प्युठानमा १ सय ७ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने २ सय ५७ परिवार विस्थापित भएका छन् । गुल्मीमा ३५ घरमा क्षति पुगेको छ भने १ सय २० घर पहिरोको जोखिममा छन् । गृहमन्त्री रावलले वाग्लुङमा १ सय ८ घरमा पूर्ण क्षति पुगेको तथा रोल्पामा १ सय २० घरपरिवार विस्थापित भएको जानकारी दिंदै बाढी पहिरो प्रभावितहरुको राहत र उद्दारका लागि स्थानीय प्रशासनलाई बजेटसहित आवश्यक निर्देशन दिएको बताए ।

अविरल वर्षाका कारण आएको बाढीले कपिलवस्तुमा ५ वटा नगरपालिका र १५ वटा गाविस डुबानमा पर्दा ३ हजार २ सय परिवार प्रभावित भएका छन् । गृहमन्त्री रावलले डुबानका कारण झापामा ४ सय ७४ तथा सुनसरीमा ५ सय ३१ घर परिवार प्रभावित भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप