सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मलेसियामा नयाँ कानून विवादमा

सोमबार, १७ साउन २०७३, १९ : ३२
सोमबार, १७ साउन २०७३
क्वालालम्पुर १७ साउन - मलेसियामा हाल आएको नयाँ सुरक्षाको कानून विवादमा परेको छ । गत एक बर्षभन्दा बढी समयदेखि सरकारी कोषको भ्रष्ट्राचार गरेको आरोपमा राजिनामाको माग भइरहेका प्रधानमन्त्री नाजिब रजाकलाई बढी शक्तिशाली बनाउन यो कानुन कार्यान्वयनमा आएको बताइएको छ । सरकारी कोषमा भीषण भ्रष्ट्राचार गरेको आरोपमा प्रधानमन्त्रीमाथि अनुसन्धान जारी रहेको अवस्थामा यो कानून ल्याइएको छ । प्रधानमन्त्री रजाकले भने आतङ्कबादसँग लड्न यो कानूनको आवश्यक रहेको बताएका छन् । सुरक्षासम्बन्धि उक्त नयाँ कानूनले प्रधानमन्त्री रजाकलाई देशको कुनै पनि भू–भागमा सुरक्षाको संवेदनशिल क्षेत्र घोषणा गर्ने अधिकारी दिइएको छ । उक्त क्षेत्रका प्रहरीले विना पूर्जीनै व्यक्ति, भवन, गाडी आदीमा खानतलासी गर्न पाउने अधिकार रहेको छ । प्रधानमन्त्री रजाकलाइ बढी शक्तिशाली बनाउनको लागि यो कानून ल्याइएको आलोचकहरुको आलोचना रहेको छ । संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले मानवअधिकार उलङघनको लागि यो कानूनले थप शक्ति प्रदान गर्ने दिने चिन्ता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप