सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बसपार्कमा उदाएकी प्रहरी इन्सपेक्टर पुर्णिमा !

सोमबार, १७ साउन २०७३, २० : ४१
सोमबार, १७ साउन २०७३

काठमाडौं–राजधानीको नयाँ बसपार्क नजिकैको एक  पोलिक्लिनिकका सञ्चालक जीवन बलाकोटी  ग्राहकलाई भन्दै थिए ,‘बसपार्क अहिले शान्त छ ।’ उनले थपे, ‘अहिले महिला इन्पेक्टरले नेतृत्व सम्हालेकी छन् रे अवैध धन्दा र गुण्डागर्दी नियन्त्रणमा उनले राम्रो कदम चालेकी छन्, हामी जस्ताले ढुक्क भएर व्यापार गर्न पाइएको छ ।’

महानगरीय प्रहरी प्रभाग गोंगबु/बसपार्कमा नेतृत्व सम्हाल्न आएकी प्रहरी निरीक्षक पुर्णिमा चन्दको प्रभावकारी कामको कारण सो क्षेत्रमा जीवन जस्ता व्यापार गर्नेहरुले सुरक्षाको अनुभूति गर्न पाएका छन् भने अवैध गतिविधि गर्नेहरुको होस हवास हराएको छ ।

राजधानीका विभिन्न स्थानमा हुने धेरै अपराधिक घटनामध्ये नयाँ बसपार्क प्रहरीको मुख्य निगरानीको क्षेत्रमा पर्छ । गंगबुजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरीहरु स्वच्छ छवीका भएनन् भने अपराध नियन्त्रणमा ठुलै असर पर्छ । त्यसैले त पूर्णिमाको स्वच्छ छवीका साथै समयमा सही निर्णय लिनसक्ने प्रहरी अधिकृतका कारण सो क्षेत्रमा केहि भएपनि शान्तिको अनुभूति भएको स्थानीयबासी बताउँछन् ।

 शक्तिको आडमा अपराधिक धन्दा चलाउने र प्रहरीलाई मुट्ठीमा लिनखोज्ने र धम्क्याउनेलाई कानुनअनुसार कारबाही गर्न कसैसँग सम्झौता नगर्ने उनी बताउँछिन् ।

पुर्णिमा भन्छिन् “राती १२ बजेको नियमित ड्युटीको क्रममा मदिराले मातेको एक केटाले धम्किको भाषा प्रयोग गर्दै अपशब्द बोल्यो २४ घण्टा हिराशतमा राखि छोडिदिए । त्यसको तिनदिनपछि पनि सोही लगायत केही व्यक्तिले मदिराको तालमा प्रहरीमाथी नै जाइलाग्न थाले सार्वजनिक मुद्दा चलाइदिएं  ।”

उनी भन्छिन् ,“डिएसपी सापले अपराध नियन्त्रण र शान्तिसुरक्षा बहालीमा गरेको कुनै काममा रोकतोक गर्नुभएको छैन, एसएसपी सापले कार्यालय सञ्चालन र मोबिलाईजेशनमा आवश्यक पर्ने केही कुराको कमी गराउनुभएको छैन प्रहरीले पाएको अधिकारको प्रयोग र जनताको जिउधनको सुरक्षामा किन कन्चुस्याई गर्नु ? संगठनलाई बदनामी कमाउन दिन्न ।”

चन्दले गंगबु क्षेत्रको जिम्मेवारी सम्हालेसँगै बसपार्क क्षेत्रमा राति हुन्ने हल्ला, सार्वजनिक रुपमा हुने मदिरापान र धुम्रपान, खुला रुपमा सञ्चालनमा आएका क्याबिन रेस्टुरेन्ट, , लागूऔषधको कारोबार, मानव तस्करी, रात्रिकालीन व्यवसायको नाममा हुने गलत धन्दालगायतको केहि हदसम्म भएपनि नियन्त्रणमा आएका छन् ।

उनले नेतृत्व सम्हालेपछि बसपार्क क्षेत्रमा अवैध रुपमा सञ्चालन गरिएका करिब १ सय ५० वटा क्याबिन रेस्टुरेन्ट बन्द भएका छन् । त्यस्तै, रात्रिकालीन व्यवसायको रुपमा लिइने दोहरी साँझ तथा बारमा हुने हल्ला नियन्त्रण भएको छ भने ‘साउण्ड प्रुफ’को नियम कडाईको साथ लागु गरिएको छ । अवैध रुपमा हुने बालुवा तस्करीमा समेत नियन्त्रण आएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप