बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धूम–४ पछि अब नयाँ बन्ने यस फिल्ममा पनि सलमान खान बन्नेछन् ‘भिलेन’

मङ्गलबार, १८ साउन २०७३, १२ : ५९
मङ्गलबार, १८ साउन २०७३
अब्बास मस्तानको सुपरहिट फिल्म ‘रेस’ को तेस्रो संस्करणको तयारी सुरु भइसकेको छ । सस्पेन्स, थ्रिलर र एक्सनले भरपूर रहने यो फिल्मका निर्माता ‘टिप्स’ एक नयाँ अवधारणासहित आएको छ । खबरलाई मान्ने हो भने यो फिल्ममा सलमान खान भिलेनको रुपमा देखा पर्ने भएका छन् । स्रोतका अनुसार रेस थ्रीको स्क्रिप्टको तयारी सुरु भइसकेको छ । यद्यपी फिल्ममा को–को कलाकार हुनेछन् भन्ने बारे अझै जानकारी आएको छैन तर नायक सलमान खानलाई फिल्मको लागि ‘अप्रोच’ गरिएको र आफ्नो नेगेटिभ रोलका लागि सलमान निकै उत्साहित भएको बताइएको छ । स्मरण रहोस्, रेस र रेस टु दुबै सुपरहिट फिल्म थिए तर फिल्मका मेनलीड नायक सेफ अलि खान थिए । सेफ फिल्ममा नहुने भएका कारण सलमान खानले उनको स्थान लिने अनुमान स्रोतको छ । रेस थ्रीमा मात्र नभई सलमान खान धूम–४ र किक–२ मा पनि ‘भिलेन’ को भूमिकामा देखा पर्नेछन् । अहिलेको लागि हामीलाई रेस थ्रीको तर्फबाट आधिकारीक घोषणाको प्रतिक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप