बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अब फेसबुकबाट पैसा पठाउन सकिने, यसरी उपयोग गर्न सकिन्छ यो सेवा

मङ्गलबार, १८ साउन २०७३, १३ : ५२
मङ्गलबार, १८ साउन २०७३
के तपाईं आफ्नो सोसल मिडिया वेबसाइट फेसबुक, स्न्यापच्याट र ह्वाट्सएपलाई यति विश्वास गर्नुहुन्छ कि आफ्नो पैसा ती वेबसाइटको भरोसामा छोड्नुहुन्छ ? तपाईं सायद गर्नुहुन्न होला तर अमेरिकाका धेरैजसो मानिसहरु यसो गर्छन् । कम्तिमा पनि १८ वर्ष पुगेका मानिसले अब फेसुबकमार्फत पैसा पठाउन सक्छन् । यहाँ तपाईंले आफ्नो डेबिट कार्ड रजिस्टर गर्नुपर्ने हुन्छ । यसका लागि क्रेडिट कार्ड, पेपाल र प्रिपेड कार्ड स्विकार्य छैन । यद्यपी अहिले यो सेवा अमेरिकामा मात्र उपलब्ध छ । यसमा प्रयोगकर्ताले फेसबुक मेसेन्जरको ‘मोर’ अप्सनमा जानुपर्ने हुन्छ जहाँ डलरको आइकन बनेको हुन्छ । डलरको आइकनमा ‘पे’ बटन क्लिक गर्नुहोस् । तपाईंले यदि पेमेन्ट रिसिभ गर्नुहुन्छ भने सिधा एड कार्डमा जानुहोस् र अमेरिकी डेबिट कार्ड एड गर्नुहोस् । यसो गर्नुभयो भने पैसा सिधै तपाईंको खातामा जानेछ । थुप्रै सोसल मिडिया प्रयोगकर्ताका अनुसार उनीहरु ठगीका कारण यसो गर्नबाट डराउँछन् । एक महिला प्रयोगकर्ता केट इभान्सका अनुसार मेसेन्जरबाट पैसा ट्रान्सफर गर्नु ठिक हो तर यसमा ठगी हुने अत्यधिक डर हुन्छ । फेसबुकमा नक्कली अकाउन्ट बन्न निकै सजिलो छ जसमा धोका हुनसक्ने आशंका धेरेले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप