मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा पर्यटकबाट एघार करोड राजस्व संकलन

मङ्गलबार, १८ साउन २०७३, १४ : ००
मङ्गलबार, १८ साउन २०७३

भक्तपुर - भक्तपुर नगरपालिकाले जिल्लाका सम्पदास्थलको अवलोकन गर्न आउने पर्यटकबाट पर्यटन शुल्कबापत गत आवमा रु १० करोड ९२ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

भूकम्पका कारण पर्यटक घटेपछि यस वर्ष गत वर्षभन्दा ६१ प्रतिशत राजस्व घटेको छ । गत आवमा नगरपालिका क्षेत्रभित्र गैरसार्क मुलुकबाट ६१ हजार ७४७ जना तथा चीनसहित सार्क राष्ट्रबाट ३३ हजार ३०९ जना पर्यटकले यहाँका सम्पदाको अवलोकन गरेका नगरपालिकाका पर्यटन सूचना केन्द्र प्रमुख दामोदर सुवालले जानकारी दिए ।

नगरपालिकाले पर्यटक शुल्कबापत गत आवमा गैरसार्क मुलुकबाट आएका पर्यटकबाट रु नौ करोड २६ लाख २० हजार र चीनसहित सार्क राष्ट्रका पर्यटकबाट रु एक करोड ६६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा नगरपालिकाले गैरसार्क मुलुकका पर्यटकबाट रु २० करोड २५ लाख २२ हजार र चीनसहित सार्कराष्ट्रका पर्यटकबाट रु पाँच करोड ४५ लाख ६४ हजार राजस्व सङ्कलन गरेको थियो ।

अघिल्लो आवमा भन्दा गत आवमा गैरसार्क मुलुकका पर्यटकको सङ्ख्यामा ७३ हजार र चीनसहित सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्यामा ७५ हजारले कमी आएको छ । पर्यटक घट्दा गत आवमा रु १४ करोड ७८ लाख १२ हजार पर्यटन शुल्कबापतको राजस्व घटेको छ । नगरपालिकाले गैरसार्क मुलुकका पर्यटकसँग प्रतिव्यक्ति रु एक हजार ५०० र चीनसहित सार्क राष्ट्रबाट आउने पर्यटकसँग रु ५०० पर्यटन शुल्क लिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप