सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तनुजाको हत्या आरोपी भारतबाट पक्राउ

मङ्गलबार, १८ साउन २०७३, २३ : ५०
मङ्गलबार, १८ साउन २०७३

काँकडभिट्टा – झापाको शान्तिनगर–१ की ११ वर्षीया तनुजा कोइरालाको हत्यामा आरोपित एक व्यक्ति पक्राउ परेका छन् । झापाको बुधबारे–५ स्थित मामाघरमा आएकी तनुजाको गत साउन ५ गते सुतेकै स्थानमा हत्या भएको थियो ।

तनुजाको हत्या अभियोगमा झापाको मेचीनगरमा डेरा गरी बस्ने ३५ वर्षीय राजकुमार राजवंशी पक्राउ परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिए । घटनापछि फरार रहेका अभियुक्त राजवंशीलाई नेपाल प्रहरीको टोलीले भारतको उत्तर प्रदेशस्थित नन्दीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेर आजै नेपाल ल्याएको हो ।

यसैबीच, कोइरालाको हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै आज मेचीनगरका महिलाहरुले बृहत ¥याली निकालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप