सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पपछि उपत्यकाबासीको आयआर्जन घट्यो, पुनःस्थापनासम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड

मङ्गलबार, १८ साउन २०७३, २३ : ५३
मङ्गलबार, १८ साउन २०७३
काठमाडौँ – काठमाडाँै उपत्यकामा भूकम्पपछि सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनको समस्या परेको बताइएको छ । लुमन्ति नेपाल र अक्सफामले संयुक्त रुपमा ‘सहरी सामुदायिक पुनःनिर्माणका लागि जीविकोपार्जनसम्बन्धी’ कार्यशाला गोष्ठीमा सहभागीले उपत्यकामा बसोबास गर्ने सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनमा समस्या परेको बताए । उनीरुले आयआर्जन घटेसँगै जीविकोपार्जनमा समस्या परेकाले पुनःस्थापनासम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा भूकम्प पुनःनिर्माण प्राधिकरणका सदस्य डा कृष्ण भण्डारीले भूकम्पछि सर्वसाधारणको आयआर्जनमा घटेको बताउँदै आयमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले पुनःनिर्माणको काम सँगसँगै जीविकोपार्जनसम्बन्धी कार्यक्रममा सञ्चालन गरेमात्र वास्तविक रुपमा पुनःनिर्माण हुने बताए । नेपाल रेडक्रस सोसाइटीका उमेश दाहालले भूकम्पले उपत्यकाका मानिसमा आर्थिक उपार्जन घटाएको बताउँदै आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । लुमन्ती नेपालका अध्यक्ष लजना मानन्धरले उपत्यकामा दैनिक गुजारा समस्या परेकाले आफूहरुले १७० जनालाई आयआर्जन सम्बन्धी कार्यक्रम गरिएको जानकारी गराइन् । अक्सफामका कार्यक्रम संयोजक प्रवीणमान सिंहले उपत्यकामा भूकम्पपछि जीविकोपार्जनमा जोखिम बढेकाले त्यस्ता समुदायको पहिचान गरी स्वरोजगार प्रदान गर्ने जानकारी गराए । उनका अनुसार भाडामा बस्ने, खोलाको किनार बस्ने र उपत्यकाका रैथानेहरु जो भाडाबाट मात्र जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ । एक अध्ययनले उपत्यकामा तीन प्रतिशत गरिबी बढाएको तथ्याङ्क सार्वजनिक गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप